News Category 2079/05/11
प्रधानमन्त्री बन्न कै लागि ओलीले एकता गरेको पोखरेलको आरोप
राजविराज÷नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणी पोखरेलले तत्कालिन नेकपा एकताबाट ओली प्रधानमन्त्रि बन्न कै लागी मात्र एकता गरेको आरोप लगाएका छन् ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसमा शनिवार नेपाल राष्ट्रिय प्राध्यापक संगठन मधेश प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् ।
उनले राजनीतिक मुद्दामा सर्वोच्च अदालतले हात हालेर नेकपा पार्टी फुटाएको आरोप समेत लगाउदै ओलीको सरकारले नै विधेयकको रुपमा ल्याएको नागरिकता सम्बन्धित वर्तमान विधेयकमा अप्रवाशिकको हकमा मात्र थप प्रावधान राखेको बताए ।
नेकपा (माओवादी केन्द्र) भित्रको आन्तरिक संघर्षलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचन अगामी मंसिर ४ गतसम्मको लागी पार्टी भित्रको संघर्षलाई थाती राखी निर्वाचनमा सक्रियताका साथ एक जुट भएर लाग्न नेता, कार्यकर्तालाई उनले आग्रह पनि गरे ।
संगठनका संयोजक कृष्णकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यकममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा शिक्षा राज्यमन्त्री बोधमाया यादव, पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेश गृह तथा संचार राज्यमन्त्री रुबी कुमारी कर्ण, विष्णु खनाल, उमेश लम्साल, महेश गजमेर, डा. सुशिल कुमार कर्ण लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का स्थायी सदस्य तथा पुर्व मन्त्रि विश्वनाथ साह, नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्रि उमेश यादव, पार्टीका पोलिटब्युरो सदस्य तथा सप्तरी जिल्ला ईन्चार्य अशोक मण्डल, केन्द्रिय सदस्य सुर्यनाथ यादव, मधेश प्रदेश पुर्व सदस्य महेश यादव, भागवत यादव, अनेकि महासंघका हरी नारायण महतो, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ