News Category 2079/05/11
एमालेले नागरिकता विधेयकमा दोहोरो चरित्र देखायो ः जसपा अध्यक्ष यादव
राजविराज÷जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता संशोधन विधेयकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका पार्टी नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
जसपा नेपाल सप्तरीद्वारा शनिबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्षौदेखी नागरिकता बिहीन जनताको हीतमा दुबै सदनबाट पारित हुँदा पनि राष्ट्रपतिले प्रमाणिकरण नगर्दा उनले दलको नेतासरह व्यवहार देखाउनु दुःखद भएको समेत बताए ।
तत्कालिन प्रधानमन्त्री ओलीले यस्तै खालको विधेयक र अध्यादेशहरु ल्याउँदा राष्ट्रपतिबाट एक घण्टामै प्रमाणिकरण हुने र हामीले ल्याउँदा राष्ट्रपतिलाई प्रमाणिकरण नगरि फिर्ता पठाइदिन दबाब दिनु यो दोहोरो चरित्र हो भन्दै उनले सुरु देखिनै मधेश बिरोधी रहेका ओली र उनको नेतृत्वको पार्टीमा अहिले पनि त्यो मानसिकता कायमै छ भन्ने कुराको पुष्टि गरेको उल्लेख गरे ।
वर्षौदेखी नागरिकताबाट बञ्चित रहेका देशका नागरिकलाई नागरिकता दिन खोज्दा केपी ओलीले गैरनागरिक नै बनाइराख्न चाहेको भन्दै उनले यसका बिरुद्ध सडकदेखी सदनसम्म संघर्ष जारि राख्ने उद्घोष गरे । उनले मधेशको इतिहास नेपालको इतिहास भन्दा हजारौं वर्ष पुरानो रहेको दाबी गर्दै इतिहास मेटाउन खोज्नेलाई जनताले उचित जवाफ दिने चेतावनी पनि दिए ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, पार्टीका प्रवक्ता मनिष सुमन, प्रेस मञ्चका महासचिव अवधेश कुमार झालगायतका वक्ताहरुले बोल्दै पार्टीलाई अगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्मानजनक जित दिलाउन अपनाउनु पर्ने नीति बारे आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ