News Category 2079/05/12
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी

दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
राजविराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्षको कार्यकक्षमा दुई दिन अघि गरिएको तालाबन्दी आइतबार एक पक्षिय ढंगले फुटाइएको छ ।
कोरोना प्रभावित विपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशी बितरणका लागि छनौट गरिएको नामावली त्रृटीपूर्ण रहेको र सो सच्याउनु पर्ने माग गर्दै आन्दोलनरत पीडित पक्षले तालाबन्दी गरेका थिए ।
आन्दोलनरत पीडित पक्षले कार्यकक्षमा लगाइएको ताला वडा अध्यक्षका समर्थक मार्फत फुटाइएपछि झन आक्रोसित हुँदै नयाँ ढंगले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परवीन र सुरक्षाकर्मीहरुको उपस्थितिमा वडा अध्यक्ष दिनेश प्रसाद साहका समर्थकहरुले ताला फुटाएका हुन् । सो क्रममा झडप हुने स्थिति समेत सृजना भएको थियो ।
उनले कोरोना प्रभावित विपन्न परिवारका लागि प्राप्त सहयोग बितरण गर्न तयार पारिएको नामावलीमा जनप्रतिनिधि देखी एउटै परिवारका तीनजना सम्मको नाम समावेश गरिएकाले सो सच्याई बास्तविक पीडितहरुलाई उक्त राहत रकम दिनुपर्ने आन्दोलित पक्षको माग रहेको छ ।
यता वडा अध्यक्ष साहले आफूले ताला तोड्न कुनै निर्देशन नदिएको बताउँदै कोरोना पीडितको सहयोग राशी बितरणका लागि तयार पारिएको नामावली सही रहेको भन्ने कुरामा चित्त बुझेकाहरुले आफै आएर ताल्चा फुटाइदिएको दाबी गरेका छन् । ५३ जनालाई मात्र उक्त सहयोग उपलब्ध गराउन सकिने बाध्यता रहेको अवस्थामा ५ सय जनाले आवेदन दिदा समस्या भएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ