News Category 2079/05/15
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद

दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको एक लाख भन्दा बढीको औषधी बरामद गरेको छ ।
भारतीय सीमा नजिक पर्ने बोदेबरसाइन नगरपालिका ८ सोनापुर क्षेत्रबाट उक्त अवैध औषधी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
बरामद औषधीको १ लाख ४ हजार ८ सय ४ रुँपैया मुल्याङ्कन गरिएको छ । भन्सार छलेर ल्याइएका उक्त औषधी विभिन्न कम्पनीको रहेको तथा नेपालमा विधिवत दर्ता समेत नरहेको बताइएको छ ।
सशस्त्र प्रहरीबल स्वर्णपट्टीका सशस्त्र प्रहरी नायब निरिक्षक जयराम मण्डलको कमान्डमा खटेको टोलीलाई देखना साथ उक्त औषधी फ्यालेर तस्कर भारततर्फ भागेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए ।
बरामद औषधी मंगलबार नै आवश्यक कारवाही प्रक्रियाका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ