News Category 2079/05/15
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
नेपाली काँग्रेसका केन्द्रिय अनुशासन विभागका प्रमुख एवं केन्द्रिय सदस्य आनन्द ढुंगानाले प्राप्त उपलब्धीको रक्षा पनि काँग्रेसले नै गर्ने बताएका छन् ।
मंगलबार सदरमुकाम राजविराजमा नेपाली काँग्रेस क्षेत्रिय समिति २ द्वारा “जनताको साथमा काँग्रेस” अभियान अन्तरगत आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
उनले जनताको अधिकारका लागि हरेक आन्दोलन र परिवर्तनको अगुवाई नेपाली काँग्रेसले नै गर्दै आएकोले अब प्राप्त उपलब्धीको रक्षा पनि काँग्ेसले नै गर्ने दाबी गरे ।
उनले प्राप्त उपलब्धीको रक्षा र मुलुकको समग्र विकास काँग्रेसले नै गर्न सक्छ भन्ने सन्देश गाउँ गाउँ पु¥याउन सबै एक ढिक्का भई लाग्न निर्देशन समेत दिए ।
क्षेत्रीय सभापति महानन्द यादवले पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर एक्यबद्ध भई निर्वाचनमा गए ठूलो सफलता मिल्ने जिकिर गरे ।
जिल्ला उपसभापति रामकुमार यादवले हालै सम्पनन स्थानिय तहको निर्वाचनमा पाँच पालिका जितेर नेपाली काँग्रेस जिल्लामै पहिलो पार्टी बनेको बताउँदै आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन भए सीट बाँडफाँडमा काँग्रेसले सम्मानजनक सीट पाउनु पर्ने माग राखे ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा. अनिल झा, इर्साद अन्सारी, प्रदेशसभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, काँग्रेस नगरसमितिका पूर्वसभापति शम्भुलाल देव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, क्षेत्रिय सचिव विष्णुदेव यादव लगायतले पनि बोल्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ