News Category 2079/05/15
मिटरब्याजी साहलाई पक्राउ गर्न माँग गर्दै प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको खडक नगरपालिका वडा नं. ७ कल्याणपुरका चर्चित मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै बुधवार राजविराजमा उनीबाट पीडित भएकाहरुले प्रर्दशन गरेका छन् ।
स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
मिटरब्याजी प्रकरण अन्र्तगत ठगी तथा अपराधीक विश्वासघात मुद्दाका फरार प्रतिवादी रहेका साहलाई पक्राउ गर्न विगत दुई महिनाको अवधीमा पीडितहरुले बुधबार ११ औं पटक प्रदर्शन गरेका हुन् ।
यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संर्घष समितीले १० पटक उनको पक्राउको माग गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरिसकेका छन् ।
यता साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने २ महिना अघि नै पक्राउ परी ठगी तथा अपराधीक विश्वासघात मुदामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागी राजविराज कारागारमा छन् ।
सो मुद्दामा फरार रहेका साहलाई खोजी गर्न प्रहरीले लागिपरे पनि हालसम्म फेला नपरेको र लुकेर वसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोज तलास कार्य जारी राखेको जनाउदै आएको छ ।
साह परिवार माथी जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तीले लिएको ऋण र ब्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ