News Category 2079/05/19
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले विशेष सुरक्षा योजना प्रभावकारी बनाउन आवश्यक तयारी शूरु गरेको छ ।
प्रहरीले विभिन्न संघ, संस्था, कार्यालय, उधोगी, व्यवसायी र सरोकारवालासंगको शान्ति सुरक्षलाई चुस्त राख्न विशेष सुरक्षा योजना निर्माण गर्ने क्रममा छलफललाई तिब्रता दिएको हो ।
पछिल्लो पटक राजविराजस्थित बैंक तथा वित्तिय संस्था तथा सुनचाँदी व्यवससायीसंग शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आयोजना गरी आवश्यक सुझाव संकलन गरिएको छ ।
प्रहरी उपरिक्षक अभिनारायण काफ्लेका अनुसार बजार भित्रका बैंक, फाइनान्स, सुनचादी पसल जस्ता संवेदनशील आर्थिक क्षेत्रमा विशेष निगरानी गरिने योजना तयार पारिएको छ ।
चाडपर्वमा हुने चोरी, ठगी, लुटपाट, दुर्घट्ना लगायतका अपराधीक घट्ना नियन्त्रण तथा आगामी प्रदेश र प्रतिनीधी सभाको निर्वाचनलाई भयरहित एवं मर्यादित बनाउन सरोकारवालासंग पालै पालो छलफल र सुझाव संकलन गर्ने कार्य तिब्र बनाइएको प्रहरी उपरिक्षक काफ्लेको भनाइ छ ।
ट्राफिक प्रहरीसंगको. सहकार्यमा यात्रुलाई विचौलियाबाट जोगाउन बस पार्कहरुमा प्रहरी परिचालन गरी निगरानी बढाउने, कालोबजारी नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन लगायतका कार्यालयको समन्वयमा बजार अनुगमन लगायतका कार्यक्रम पनि निर्वाचन तथा चाडवर्प लक्षित विशेष सुरक्षा योजनामा समावेश गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ