News Category 2079/05/19
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना

दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले विशेष सुरक्षा योजना प्रभावकारी बनाउन आवश्यक तयारी शूरु गरेको छ ।
प्रहरीले विभिन्न संघ, संस्था, कार्यालय, उधोगी, व्यवसायी र सरोकारवालासंगको शान्ति सुरक्षलाई चुस्त राख्न विशेष सुरक्षा योजना निर्माण गर्ने क्रममा छलफललाई तिब्रता दिएको हो ।
पछिल्लो पटक राजविराजस्थित बैंक तथा वित्तिय संस्था तथा सुनचाँदी व्यवससायीसंग शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आयोजना गरी आवश्यक सुझाव संकलन गरिएको छ ।
प्रहरी उपरिक्षक अभिनारायण काफ्लेका अनुसार बजार भित्रका बैंक, फाइनान्स, सुनचादी पसल जस्ता संवेदनशील आर्थिक क्षेत्रमा विशेष निगरानी गरिने योजना तयार पारिएको छ ।
चाडपर्वमा हुने चोरी, ठगी, लुटपाट, दुर्घट्ना लगायतका अपराधीक घट्ना नियन्त्रण तथा आगामी प्रदेश र प्रतिनीधी सभाको निर्वाचनलाई भयरहित एवं मर्यादित बनाउन सरोकारवालासंग पालै पालो छलफल र सुझाव संकलन गर्ने कार्य तिब्र बनाइएको प्रहरी उपरिक्षक काफ्लेको भनाइ छ ।
ट्राफिक प्रहरीसंगको. सहकार्यमा यात्रुलाई विचौलियाबाट जोगाउन बस पार्कहरुमा प्रहरी परिचालन गरी निगरानी बढाउने, कालोबजारी नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन लगायतका कार्यालयको समन्वयमा बजार अनुगमन लगायतका कार्यक्रम पनि निर्वाचन तथा चाडवर्प लक्षित विशेष सुरक्षा योजनामा समावेश गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ