News Category 2079/05/21
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस

दैनिक समाचारदाता
राजविराज, २१ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरी क्षेत्र नं. २ ले पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र जयप्रकाश ठाकुरको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
यसअघि सोमबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सप्तरी क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका सिफारिस भएको छ ।
क्षेत्रिय अध्यक्ष महेन्द्र खंगको अध्यक्षतामा मंगलबार बसेको बैठकले राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र नेता जयप्रकाश ठाकुरको नाम सिफारिस गरेको हो ।
त्यस्तै सोही बैठकले क्षेत्र नं. २ को क बाट प्रदेशसभा सदस्यमा बिनोद कुमार सिंह र सरोज कुमार मण्डलको नामा सिफारिस गरेको छ भने प्रदेशसभा ख बाट शैलेश कुमार चौधरी, डा. शरद सिंह यादव, बिनोद कुमार, शम्भु प्रसाद यादव र राजकुमार लाल दासको नाम सिफारिस गरिएको क्षेत्रिय अधयक्ष खंगले बताए ।
यसैगरि सोही बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ वर्तमान सांसद दुलारी खंग, अमरकान्त झा, डा. हेमकुमार मिश्र, पवित्री देवी र लिला गुप्ताको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेशसभा क बाट समानुपातिकमा केशव झा, बिनोद कुमार सिंह, उषा कुमारी, लक्ष्मी प्साद मण्डल खत्वे, बिनोद कुमार मण्डल, रिका कुमारी महतो, महेन्द्र खंग खत्वे, भोला प्रसाद मुखिया, बिनादेवी राय र मानती देवी सदाको नाम सिफारिस भएको हो ।
यसैगरि प्रदेशसभा ख बाट पुनम कुमारी यादव, रेणुकुमारी मण्डल, कृष्ण प्रसाद सिंह, ललन मिश्र, अम्रिकलदेवी यादव, लक्ष्मीदेवी साफी, रिना झा, मो. इझारुल, तपन्नुम वानो, करिनारायण देव बैश्य, रामअशिष प्रसाद साह र उजला सरवगियाको नामा सिफारिस भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ