News Category 2079/05/23
साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना

दैनिक समाचारदाता
राजविराज, २३ भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ५६औं राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
सो गाउँपालिकास्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीहरुले विज्ञान, सामाजिक क्षेत्र तथा दैनिक रुपमा अध्ययनसँग सम्बन्धित शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिका र सेभ द सप्तरीद्वारा आयोजित सो मेलाको गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले उद्घाटन गर्दै मेलाले विद्यार्थीभित्रको प्रतिभा प्रष्फुटनमा सहयोग गरेको बताइन् ।
दलान युवा क्लबका स्वयम्सेवकहरु समेतको सहभागिता रहेको सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
गाउँपालिकाका शिक्षा शाखा संयोजक राजेश कुमार झाले कक्षा कोठामा विद्यार्थीले सिकेका कुराहरुलाई शिक्षकहरुको सहयोगबाट शैक्षिक सामग्री निर्माण गराई विद्यार्थीभित्रको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने मद्दत मिलेको बताए ।
आगामी असोज १ गते विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र समृद्धिको आधार नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस समेत भब्यताका साथ मनाइने जानकारी दिए ।
राजेन्द्र देवकी माविका प्रधानाध्यापक दिपेन्द्र झाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका विजय कुमार यादव, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, दुर्गानन्द शर्मा लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ