News Category 2079/05/23
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
वीरगञ्ज, २३ भदौ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनमा पार्टी एक्लै पनि लड्न सक्ने भन्दै नेता कार्यकर्ताहरुलाई यसका लागि तयार रहन निर्देशन दिएका छन् ।
वीरगञ्जमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।
अध्यक्ष यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने समेत बताए ।
उनले भने, “मधेस प्रदेशमा एक सिट भए पनि कांग्रेसले जसपाभन्दा बढी सिट लिने अडानमा रहेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले अरू प्रदेशभन्दा मधेस प्रदेशमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै उसले पनि सबभन्दा बढी सिटको दाबी गरिरहेको छ । माओवादी केन्द्रको पनि सोही अनुसारको डिमान्ड छ ।”
जसपाको हैसियत अनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने धारणा राख्दै उनले त्यही अनुसारको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको पार्टी श्रोतले जनाएको छ ।
यता जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले ठूला दल भनाउँदाहरुले पेल्ने र हेप्ने काम गरे गठबन्धनबाट अलग भएर पनि चुनावमा जाने प्रतिक्रिया दिए । उनले गठबन्धन बनाउन जसपाको मुख्य भूमिका रहेकोले गठबन्धन छाड्ने पक्षमा नरहेको स्पष्ट समेत पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ