News Category 2079/05/24
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
भारतबाट अबैध रुपमा ल्याइएको चाँदीको गरगहनासहित सशस्त्र प्रहरीले शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका ५ स्वर्णपट्टी सडक खण्डबाट अबैध चाँदीका गरगहनासहित मोरङ्गको मिकलाजङ्गा गाउँपालिका ८ निवासी ४० वर्षिय चन्द्र विश्वकर्मा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका विश्वकर्मा सवार मोटरसाईकलको डिक्कीबाट भारतबाट लुकाई ल्याइएको चाँदीको बाला ८१, ब्रास्लेट ८ र औंठी २४ थान बरामद गरिएको छ । बरामद गरगहना र मोटरसाईकल सहितको २ लाख ८ हजार ४८ रुपैया मुल्याङ्कन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नायव निरिक्षक जयनारायण मण्डलको कमाण्डमा खटिएको टोलीले उनलाई अबैध चाँदीका गरगहनासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए ।
बरामद समानसहित विश्वकर्मालाई आवश्यक कारवाहीका लागी तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ