News Category 2079/05/24
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
जिल्ला हुलाक कार्यालयको भवनमा अनुमति बिना नै नापी कार्यालय सप्तरी विगत एक वर्षदेखी संचालनमा रहेको छ ।
लामो समयदेखी जिल्ला हुलाक कार्यालयको भवनमा जिल्ला प्रशासन कार्यालय सप्तरी रहीआएको अवस्थामा गत वर्ष उक्त कार्यालय सरेर आफ्नै भवनमा गएपछि सो भवनमा अनुमति बिना नै नापी कार्यालय सप्तरी अन्तरगत २ नं. नापी टोली कल्याणपुर सरेको हो ।
यता जिल्ला हुलाक कार्यालयले जिल्ला प्रशासन कार्यालय माफ्र्त उक्त भवन हुलाकलाई आफ्नै प्रयोजनका लागि आवश्यक भएकोले खाली गराई दिन पटक–पटक पत्राचार गर्दा समेत कुनै सुनुवाई नभएको हुलाकका निमित्त प्रमुख नारायण यादवले जानकारी दिएका छन् ।
उनले भने, “नापी कार्यालय राजविराजलाई पनि गत चैत्र २४ गते पत्राचार गर्दै उक्त भवन आफ्नै कार्यालय प्रयोजनका लागि आवश्यक भएको र भवन मर्मत सम्भारको काम गर्नुपर्ने भएकोले खाली गराईदिन ताकेता गरेपनि नापीले कुनै जवाफ दिएको छैन ।”
‘अहिले सञ्चालन रहेको जिल्ला हुलाक कार्यालय अगाडीको संरचना सडकमा परेकोले क्षेत्र साँघुरिएको र भवनसमेत आवश्यक हुँदा हामी आफ्नै पुरानो भवनमा शाखा विस्तार गर्ने योजनामा थियो’, हुलाकका प्रमुख यादवले भने, ‘तर, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट खाली हुनासाथ एकाएक अनुमति बिना नापी टोली आएर बस्यो, यो सरासर गैरकानूनी हो ।’
जिल्ला हुलाक कार्यालय सप्तरीको दायरा अहिले फराकिलो भएको छ । चिठ्ठीपत्र रजिष्टरी, नियमित डाँक, हुलाक टिकटसँगै अब बचत बैंक पनि सञ्चालनमा छन् । यसबाहेक गतवर्षदेखि सञ्चार मन्त्रालय मातहतको मिडिया सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी पनि हुलाकलाई नै प्रदान गरिएको छ । ‘अहिले हामीलाई मिडिया शाखा नै सञ्चालन गर्नुपर्ने आवश्यकता छ’, हुलाक प्रमुख यादवले भने, ‘मन्त्रालयले गतवर्षदेखि नै सञ्चारमाध्यमहरुको दर्ता, नवीकरण, अनुगमन, रातो परिचय–पत्र वितरण तथा लोक कल्याणकारी विज्ञापन वापतको रकम भुक्तानीको जिम्मेवारी पनि प्रदान गरेको छ, यो सब कामकालागि छुट्टै शाखा सञ्चालन गर्न भवन अभाव रहेको अवस्थामा नापीले अनुमति बिना हुलाकको भवन कब्जा गरेको छ ।’
साबिक राजविराज नगरपालिका वडा नं. १ तथा हाल वडा नं ६ स्थित २ कठ्ठा १० धुर जग्गा २०३८ साल माघ २८ गते जिल्ला हुलाक कार्यालय (साबिकका हुलाक केन्द्र अफिस) को नाममा कायम भएको हो । सोही जग्गामा हुलाकको भवन निर्माण भई विगतमा कामकाज हुँदै आएका थिए ।
खाली रहेको सरकारी भवनमा नियमपूर्वक अर्को सरकारी कार्यालय सञ्चालन गर्न सकिन्छ । तर, हुलाक सेवा विभागले उक्त भवन आफ्नै प्रयोजनकालागि आवश्यक भएको बताईरहेको अवस्थामा अनुमति–सहमतीबिना नै नापी टोली कार्यालय सञ्चालन गैरकानूनी रहेको छ । यति मात्र नभएर नापी टोली कार्यालयले अहिले हुलाक कै जग्गा भवन क्षेत्रमा पसलसमेत सञ्चालन गरेकोे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ