News Category 2079/05/25
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान

राजबिराज÷रौनियार सेवा समितिको प्रथम साधारण सभामा धर्मशाला निर्माणका लागि एक दाताले निशुल्क जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।
शनिबार राजविराजमा आयोजित समितिको प्रथम साधारणसभामा सप्तरीको विष्णुपुर गाउँपालिका ६ निवासी बिन्दुली साह रौनियारले राजविराज नगरपालिका क्षेत्रसँगै जोडिएको विष्णुपुर गाउँपालिका ६ स्थित एक कठ जग्गा निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सोही सभामा धर्मशाला निर्माणका लागि विष्णुपुर गाउँपालिकाकै शंकरप्रसाद गुप्ताले एक लाख रुँपैया सहयोग गर्ने घोषणा पनि गरे ।
प्रयाग प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित साधारण सभामा प्रमुख अतिथि कंचनरूप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ता, बिष्णुपुर गाउपालिका ४ का वडा अध्यक्ष श्रीचन साह, बालरोग बिशेषज्ञ डा. ललन प्रसाद रौनियार, स्वास्थ्यकर्मी फुल बाबु गुप्ता, समाजसेवी शंकर गुप्ता, समासेवी नन्दलाल गुप्ता, दिनेशप्रसाद गुप्ता, बैजु गुप्ता, बिजय गुप्ता लगायतले शुभकामना दिए ।
उक्त अवसरमा रौनियार समाजका अगुवा तथा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिवहरुलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उक्त साधारणसभामा रौनियार समाजको उत्थान, संरक्षण, प्रवद्र्धन तथा बिकासका लागि इन्द्रसागर गुप्ताको अध्यक्षतमा ११ सदस्यीय रौनियार सेवा समिति सर्वसम्मतिवाट गठन गरिएको छ ।
उक्त समितिको उपाध्यक्ष गोपाल प्रसाद गुप्ता, सचिवमा नारायण साह रौनियार, सहसचिवमा शत्रुहन प्रसाद रौनियार र कोषाध्यक्षमा रमेश प्रसाद गुप्ता रहेका छन् ।
यस्तै समितिको सदस्यहरूमा जितेन्द्र गुप्ता, गिता गुप्ता, बेबी गुप्ता, बिनोद गुप्ता, बिजय गुप्ता र नन्दकिशोर गुप्ताको चयन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ