News Category 2079/05/25
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
राजबिराज÷रौनियार सेवा समितिको प्रथम साधारण सभामा धर्मशाला निर्माणका लागि एक दाताले निशुल्क जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।
शनिबार राजविराजमा आयोजित समितिको प्रथम साधारणसभामा सप्तरीको विष्णुपुर गाउँपालिका ६ निवासी बिन्दुली साह रौनियारले राजविराज नगरपालिका क्षेत्रसँगै जोडिएको विष्णुपुर गाउँपालिका ६ स्थित एक कठ जग्गा निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सोही सभामा धर्मशाला निर्माणका लागि विष्णुपुर गाउँपालिकाकै शंकरप्रसाद गुप्ताले एक लाख रुँपैया सहयोग गर्ने घोषणा पनि गरे ।
प्रयाग प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित साधारण सभामा प्रमुख अतिथि कंचनरूप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ता, बिष्णुपुर गाउपालिका ४ का वडा अध्यक्ष श्रीचन साह, बालरोग बिशेषज्ञ डा. ललन प्रसाद रौनियार, स्वास्थ्यकर्मी फुल बाबु गुप्ता, समाजसेवी शंकर गुप्ता, समासेवी नन्दलाल गुप्ता, दिनेशप्रसाद गुप्ता, बैजु गुप्ता, बिजय गुप्ता लगायतले शुभकामना दिए ।
उक्त अवसरमा रौनियार समाजका अगुवा तथा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिवहरुलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उक्त साधारणसभामा रौनियार समाजको उत्थान, संरक्षण, प्रवद्र्धन तथा बिकासका लागि इन्द्रसागर गुप्ताको अध्यक्षतमा ११ सदस्यीय रौनियार सेवा समिति सर्वसम्मतिवाट गठन गरिएको छ ।
उक्त समितिको उपाध्यक्ष गोपाल प्रसाद गुप्ता, सचिवमा नारायण साह रौनियार, सहसचिवमा शत्रुहन प्रसाद रौनियार र कोषाध्यक्षमा रमेश प्रसाद गुप्ता रहेका छन् ।
यस्तै समितिको सदस्यहरूमा जितेन्द्र गुप्ता, गिता गुप्ता, बेबी गुप्ता, बिनोद गुप्ता, बिजय गुप्ता र नन्दकिशोर गुप्ताको चयन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ