News Category 2079/05/26
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
राजविराज÷छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद रहेको खुलासा भएको छ ।
राजविराज नगरपालिका वडा नं. ७ निवासी राज नारायण मिश्रले छोराको नागरिकता लिनका लागि सिफारिससहित जिल्ला प्रशासन कार्यालय शुक्रबार पुगेका थिए । तर, मिश्रकै नागरिकता शंकास्पद देखिएपछि उनीसहित उनकी श्रीमतिको पनि नागरिकता तत्काललाई जफत गरिएपछि सो खुलासा भएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरी श्रोतका अनुसार मिश्रकै नागरिकता नै नक्कली हुन हुनसक्ने आशंका जनाएको छ ।
बि.स. २०५१ असोज २५ गते मिश्रको नाममा नागरिकता प्रमाण पत्र नं. ४५८÷३०० मा नागरिकता जारी भएको उल्लेख छ । तर, सो नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृत हरिहर दाहालको हस्ताक्षर मिति भने २०५१ असार २१ गते नै उल्लेख छ ।
श्रोतका अनुसार पुरानो रेकर्डलाई पल्टाएर हेर्दा नागरिकतामा हस्ताक्षर भएको अधिकृत दाहालको हस्ताक्षर पनि नमिलेको, नागरिकता प्रमाणपत्रको कागज र छपाई समेत आधिकारिक नभएको तथा जारी मिति अनुसार कार्यालयको अभिलेख पनि फेला परेको छैन् । प्रमाणित भएको तीन महिना पछि नागरिकता जारी भएको तथा प्रमाणपत्र कार्ड स्क्यानिङ गरेर नागरिकता बनाएको हुनसक्ने श्रोतको आशंका छ ।
यता, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले सन्तानको नागरिकता लिन आएका मिश्रको नागरिकता शंकास्पद देखिएपछि तत्काललाई सो नागरिकता राखेर छानविन थालिएको जानकारी दिए । उनले सो नागरिकता नक्कली नै हो भन्ने बारे अहिले नै भन्न नसक्ने अवस्था रहेकोले सो बारे छानविन प्रक्रिया थालेको प्रतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ