News Category 2079/05/26
माओवादीले सप्तरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा तथा प्रदेशसभा १ बाट कसैको नाम सिफारिस गरेन

दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र सप्तरीले क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य तथा सोही क्षेत्रको प्रदेशसभा १ बाट कसैको नाम सिफारिस गरेको छैन ।
यसअघि यो क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता जयप्रकाश ठाकुरको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । गत निर्वाचनमा यो क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
माओवादी केन्द्रले संघ र प्रदेशमा गठबन्धनको सरकार रहेकोले यस क्षेत्रबाट कसैको नाम सिफारिस नगरेको श्रोतले जनाएको छ । सोही गठबन्धमा जसपा पनि रहेकोले सो पार्टीबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने बलियो सम्भावना रहेको श्रोतको दाबी छ ।
यस्तै सोही क्षेत्रको प्रदेशसभा १ बाट जसपाका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित पाँच जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको जसपा सप्तरीले जनाएको छ । श्रोतका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. २ र सोही क्षेत्रको प्रदेशसभा १ मा माओवादी केन्द्रले जसपासँग तालमेल गर्ने भएकोले आफ्नो कुनै पनि उम्मेदवारको नाम समेत सिफारिस नगरेको हो ।
यता नेकपा माओवादी केन्द्र सप्तरीका ईन्चार्ज तथा केन्दिय सदस्य अशोक कुमार मण्डल (अमर) ले आइतबार एक विज्ञप्ति जारि गर्दै जिल्लाको ४ वटै क्षेत्रको प्रदेश र प्रतिनिधिसभा सदस्यका सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रिय कार्य समितिमा पठाएको जनाएका छन् ।
जसअनुसार सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा अशोक कुमार मण्डल (अमर) र सुर्यनाथ यादवको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ भने सोही क्षेत्रको प्रदेशसभा १ बाट शम्भु खडका र सत्य नारायण चौधरी तथा २ बाट अशोक कुमार मण्डल (अमर) र सुर्यनाथ यादवको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नं. २ को प्रदेशसभा २ बाट महेश प्रसाद यादव र उमेश कुमार यादवको नाम उम्मेदवारका लागि सिरफारिस गरिएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट शेर सिंह र कर्मलाल यादव तथा प्रदेशसभा १ बाट अरुण कुमार साह र श्याम नारायण चौधरी तथा प्रदेशसभा २ बाट ऋषि यादव र कलाम खाँको नाम सिफारिस गरिएको छ ।
यसैगरि प्रतिनिधि सभा क्षेत्र नं. ४ बाट कर्मलाल चौधरी तथा प्रदेशसभा १ बाट रुबी कुमारी कर्ण तथा प्रदेशसभा २ बाट डा. सुर्या प्रसाद यादव र किरण यादवको नाम सिफारिस गरिएको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ