News Category 2079/05/26
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग

दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
प्रहरीले सप्तरीको महादेवा गाउँपालिका ४ बलिया टोलका ६५ वर्षिय सकुर मियाँलाई गाईको बाच्छी काटेर मारेको आरोपमा शनिबार पक्राउ गरेको छ भने अर्का आरोपित उनका ३५ वर्षिय छोरा इलियासले भने फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले सकुर मियँको घरबाट काटी मारेको र टुक्रा टुक्रा गरि बोरामा राखिएको अन्दाजी ७÷८ महिनाको बाच्छीको मासु ४÷५ किलो र ४ वटा खुटा समेत बरामद गरिएको जनाएका छन् ।
गोप्य सूचनाको आधारमा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको संयुक्त प्रहरी टोलीले मारिएको बाच्छीको मासुसहित सकुरलाई नियन्त्रणमा लिइएको उनले बताए ।
खाने प्रयोजनका लागि घरमा बाच्छी काटिएकोले पक्राउ परेका मियाँलाई हाल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको डिएसपी काफ्लेले बताए । यता प्रहरी आएको देख्ना साथ छोरा इलियास भने फरार भएको र खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच आइतबार विभिन्न हिन्दुवादी संघ संगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारि गर्दै गौं हत्यामा संलग्न माथी कडा कारवाहीको माग गरेका छन् ।
हिन्दु धर्मावलम्बीले गौ माताको रुपमा पुजा गर्ने तथा नेपालको राष्ट्रिय जनावर समेत रहेको गाईलाई संरक्षण गर्नु पर्ने ठाउँमा खाने प्रयोजनका लागि हत्या गर्ने कामको घोर भत्र्सना गर्दै विज्ञप्तिमार्फत दोषिमाथी कडा कारवाहीको माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ