News Category 2079/05/29
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
सप्तरीको खडक नगरपालिकाका अधिकांश बिधालयका बालवालिकाहरूले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक अझै पाउन नसकेको गुनासो गरेका छन् ।
बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उतरदायी सरकार नारासँग राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा खडक बाल कचहरी तथा बाल सम्वाद कार्यक्रममा सहभागि विद्यार्थीहरुले सो गुनासो गरेका हुन् ।
कार्यक्रममा नगरबाल संजालका अध्यक्ष प्रलाथ चौधरीले त्रैमासिक परिक्षा भईसकेको अबस्थामा हातमा किताब पाउन नसकेको गुनासो गरे ।
उक्त अवसरमा नगर प्रमुख जयप्रकाश चौधरीले नगरको गुणस्तरिय शिक्षाका लागि गम्भिर रहेकोले बिधालयमा नियमित पठनपाठन, अनुगमन र समयमै नियमित पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले शैक्षिक समस्या र शिक्षाको सुधारका लागि सबै नगरवासी र स्थानिय निकाय, अभिभावक, सरोकारवाला निकायहरू एकजुट भएर अभियानको रूपमा नचलाएसम्म शैक्षिक सुधार नहुने जिकिर गरे ।
प्रमुख चौधरीले स्वास्थ चौकीमा औषधी र बिधालयमा शिक्षक छैन भन्ने कुराको जानकारी गराउन आग्रह गर्दै त्यस्ता समस्याहरुको तुरून्त सामाधान गर्ने दाबी समेत गरे । लागू औषध न्युनिकरणका लागि योजनाबद्ध रूपमा कार्यक्रम ल्याउने बताउदै उनले नगरलाई चाडै पुर्ण सरसफाई मुक्त गाउँ बनाउने योजना रहेकोले फोहोर ब्यबस्थापन गर्न केही प्राबिधिक कारण फोहोर उठाउन समय लागेकोको बताए ।
सो अवसरमा बालवालिकाहरूले नगरभित्रका सरोकारवाला निकायहरूसँग गुणस्तरिय शिक्षा, वालविवाह, शुद्व खानेपानीको ब्यबस्थापन, वालश्रम, लागुआषैधको न्युनिकरण गर्न तथा समयमा पाठ्यपुस्तक पाउन नसकेको र बिधालय सम्म आवतजावत गर्न समस्या हुने गरेको बालवालिकाहरूले आ–आफनो जिज्ञासा राखेका थिए ।
बुधवारै खडक नगरपालिका वडा नं. ६ स्थित भ.स.रा.ज. माबि कल्याणपुरमा नगरबाल संजालको आयोजनामा तथा सबल नेपाल, सेभद चिल्ड्रेन र महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा खडक नगरपालिककाको समन्वयमा बाल कचरी कार्यक्रम गरी सो दिवस मनाइएको हो ।
सो अवसरमा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला, सबल नेपाल अध्यक्ष जुना गिरी, पत्रकार चन्दन कुमार यादब, बालअधिकारको सुनिश्चिताको लागि सबै सरोकारवालानिकायहरूले समन्वय गरेर अगाडि बढनुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ