News Category 2079/06/01
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दिगो विकास लक्ष्य स्वेच्छिक पुनराबलोकन प्रतिबेदन तयारीको काम थालिएको छ ।
संयुक्त राष्ट्र संङघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा दिगो विकास लक्ष्यलाई लक्षित गरी गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थालेको हो ।
प्रतिवेदन तयारीका लागि गाउँपालिकाले युएनडिपीले ट्रान्सेन्ड भिजन नेपाल नामक गैरसरकारी संस्थालाई परिचालन गरेको छ ।
गाउँपालिकाको दिगो विकास लक्ष्य स्वेच्छिक पुनराबलोकन प्रतिबेदन बनाउन आवश्यक पर्ने परिमाणात्मक तथ्याङ्क, सूचना सङ्कलनलगायतको कार्यहरु भईरहेको गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिएका छन् ।
प्रतिवेदन तयारीको सन्दर्भमा शुक्रबार गाउँपालिकाका बिषयगत समितिका पदाधिकारी तथा कर्मचारीहरुसँग कार्यशालाको आयोजना गरियो ।
सो कार्यशालामा ट्रान्सेन्ड भिजन नेपालका रमेश प्रसाद मैनाली र उद्धव खनालले सहजीकरण गरेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिए । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव तथा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश मुखिया, सत्यनारायण यादव तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ