News Category 2079/06/01
बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
नवजात शिशु तथा ५ बर्षमुनीका बालवालिकाहरूको स्वास्थमा सुधार र मृत्युदर घटाउनुपर्नेमा जोड दिइएको छ ।
समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत ब्यबस्थापन कार्यक्रम अन्तर्गत स्वास्थकर्मिहरूका लागि ६ दिने आधारभुत क्लिनिकल तालिमको समापनको अवसरमा सो कुरामा जोड दिइएको हो ।
स्वास्थ कार्यालय सप्तरीको आयोजनामा तथा सवल नेपाल र सेभ द चिल्ड्रेनको सहयोग शुक्रबार राजबिराजमा आधारभुत क्लिनिकल तालिम समापनको आयोजना गरिएको हो । उक्त अवसरमा स्वास्थ कार्यालयका प्रमुख दुनियालाल यादबले नवजात शिशु र ५ बर्षमुनीका वालवालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामीको मृत्युदर घटाउन तथा बृद्विबिकासमा टेवा पु¥याउनु पर्ने बताए । उनले सीप र ज्ञान लाई सही ठाउमा प्रयोग गरेर स्वास्थ चौकीमा दिएका सेवालाई अभिलेख र प्रतिवेदन बनाई रेकर्ड गरेर राख्न निर्देशन समेत दिए ।
प्रमुख यादबले नवजात शिशुलाई सुरक्षित गर्नका लागी सफा र सुख्खा गरेर न्यानो बनाई राख्ने, नवजात शिशुको श्वासप्रश्वास नलिलाई सिधा बनाउने, नवजात शिशुको श्वाप्रश्वास नलिलाई सकसन प्रयोग गरेर मुख नाक सफा गर्ने जस्ता उपायहरू अपनाएर नवजात शिशुलाई सुरक्षति गर्नुपर्ने बताए ।
तालिमका प्रशिक्षक जागेश्वर खड्गाले ५ बर्ष मुनीका वालवालिकाहरूलाई खोप, सरसफाई, बहुक्षेत्रिय पोषणको बारेमा स्वास्थ चौकी र गाँउघर क्लिनिकमा तालिममा सहजिकरण सिकेका कुराहरूलाई ब्यवहारमा उतार्दै सेवा दिन स्वास्थकर्मिहरूलाई आग्रह गरे ।
सबल नेपालका अध्यक्ष जुना गिरीले स्वास्थ चौकीलाई स्वस्थ बनाई स्वास्थ कार्यालयलाई ब्यबस्थापन गरी सहज वातावरण बनाउन स्वास्थकर्मिहरूलाई सुझाव दिइन् ।
सेभ द चिल्ड्रेनका स्वास्थ संयोजक देवकृष्ण भगतले नवजात शिशु र ५ बर्षमुनीका वालवालिकाहरूको स्वास्थमा सुधार गर्न र बिरामी र मृत्युदर घटाउन तथा बृद्विबिकासमा टेवा पु¥याउने लक्ष्य रहेको बताए ।
सप्तरीका खडक नगरपालिका र सुरूङ्गा नगरपालिकाका २४ जना स्वास्थकर्मिहरूको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वास्थ कार्यालयका अम्बिका ओली, जागेश्वर खड्गाले सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ