News Category 2079/06/01
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित पकरी र सोनरा विद्यालय भवन निर्माणका क्रममा छतको प्लाष्टर र सिढी नबनाई रकम निकासा भएको छ ।
उपभोक्ता समिति, प्राविधिक र निर्माण कार्यको ठेक्का लिएको ठेक्केदार समेतको मिलोमतोमा भवनको छतको प्लाष्टर र सिढी नबनाई रकम निकासा भएको हो ।
स्थानीय रमेश यादवका अनुसार भवनको उद्घाटन गत भदौ ४ गते मधेश प्रदेशका सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेको दिन छत हेर्न गएपछि आश्चर्य मानेका थिए ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्रि साहले आर्थिक बर्ष २०७८÷७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यका लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिबाट २० प्रतिशत पिसी लिएर बजेट विनियोजन गरेको स्थानियको उपभोक्ताको आरोप छन ।
भवन निर्माण गर्न छतको प्लाष्टर र सिढी नबनाईएको कारण भवनको संरचनानै बिग्रेका छन् । यादवले भवनको निर्माण कार्यका जिम्मेवारी लिएकाहरुले पहिलो चरणमा नै संरचना बिगारेकोले अब थप चरणमा हुने गुणस्तर कार्यको लागि चुनौति रहेको बताए । उनले यस्तो कार्य गर्नेहरुमाथि सम्बन्धीत निकायहरुले छानविन गरी दोषिहरुलाई कानुनी कारवाही गर्न माग गरे ।
भवनको निर्माण कार्यको लागि गठन उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादवलाई स्थानिय गाउँ, समाजका जानकारहरुले सुझाव सल्लाह दिदा उल्टै अध्यक्ष यादवले झपार दिने गरेको स्थानीयको आरोप छ । भवन निर्माणका क्रममा ईन्जिनियर एक दिन पनि हेर्न नआएको स्थानीयको आरोप छ ।
पकरी मा.वि. विधालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव थिए भने सोनरा राप्राविमा भुवनेशवर मण्डल थिए । प्राविधिकले तयार गरेको स्टिमेट अनुसार दुवै विधालय भवनको निर्माण कार्य उपभोक्ता समितिले नगरेको महेन्द्र यादवले आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ