News Category 2079/06/02
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरीमा आत्महत्याका घटनामा भयाबह बन्दै गएको भन्दै यसको रोकथाम तथा न्युनिकरणका लागि प्रहरीले सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्लामा गत आ.ब. २०७८÷७९ मा १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.ब. २०७९÷८० को दुई महिनामै १४ महिला र ८ पुरुष गरि २२ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यसरी बढ्दो आत्महत्याको दरलाई न्यूनिकरण गर्न सर्वपक्षिय सहभागितामा आमनागरिकलाई सुसिचित गराउने उद्देश्यले उक्त सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आइतबार जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक ¥याली सहितको कार्यक्रम आयोजना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको प्रमुख आतिथ्यमा समाज बलिो बनाउ, आत्महत्या बन्द गरौं भन्ने मूल नारासहित विभिन्न संघसंस्था, पालिका, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि तथा पत्रकार र विद्यार्थीहरुको व्यापक सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, प्रहरी उपरिक्षक काफ्ले, सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडका, सेनानी प्रभातकिरण श्रेष्ठ, डिएसपी माधवप्रसाद काफ्ले, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव लगायतले व्यवसायिक असफलता, बैंक तथा मिटरब्याजीको तनाव, पारिवारिक झमेला, प्रेम प्रसङ्ग र परिक्षामा असफलता जस्ता विषयले आत्महत्यातर्फ प्रेरित गर्ने स्थिति देखिने गरेको भन्दै त्यसको न्यूनिकरणका लागि जिवनको महत्व झल्काउने गरि चेतना, प्रेरणा र शिक्षा दिनु पर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ