News Category 2079/06/03
संविधान दिवसलाई लोसपा र जसपाले कालो दिनका रुपमा मनाए

दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान दिवसको दिन सप्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कालो दिवसको रुपमा मनाएका छन् ।
संविधान जारी भएको दिन असोज ३ गते मुलुकमा संविधान दिवस मनाईरहेको बेला यी दुई पार्टीले संविधानमा त्रृटी भएको भन्दै कालो दिनको रुपमा मनाएको जनाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विरोध सभा र प्रर्दशन मार्फत संविधान संशोधन नहुनजेलसम्म यस दिनलाई संविधान दिवसको रुपमा मनाउन न सकिने भन्दै विरोध जनाएका हुन् ।
टाउकोमा कालो पट्टी बाँधेर स्थानीय पार्टी कार्यालयबाट लोसपाका स्थानीय नेता, कार्यकर्ताहरुले मोटरसाईकल ¥याली, नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । मधेशको माग सम्बोधन हुने गरी संविधान संशोधन गर, नागरिकता विधेयक प्रमाणिकरण गर, अपुरो संविधान पुरा गर लगायतका नाराबाजी गर्दै मोटर साइकल ¥याली बजार क्षेत्र परिक्रमा गरी पुनः पार्टी कार्यालयमै पुगि विचार गोष्ठीमा परिणत भएको थियो । उक्त गोष्ठीको अध्यक्षता पार्टीका जिल्ला उपाध्यक्ष बौवा लाल शर्माले गरेका थिए ।
यस्तै जसपा जिल्ला समन्वय समिती सप्तरीले पनि सोमबारै राजविराजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान दिवसलाई कालो दिनको रुपमा मनाएका छन् । जिल्ला सचिव हरेराम यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य विकास तिवारीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रमका सहभागीहरुले संविधान संशोधन न भए सम्म सदन र सडक दुबै स्तरबाट संर्घष जारी रहने उदघोष गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ