News Category 2079/06/03
संविधान दिवसलाई लोसपा र जसपाले कालो दिनका रुपमा मनाए
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान दिवसको दिन सप्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कालो दिवसको रुपमा मनाएका छन् ।
संविधान जारी भएको दिन असोज ३ गते मुलुकमा संविधान दिवस मनाईरहेको बेला यी दुई पार्टीले संविधानमा त्रृटी भएको भन्दै कालो दिनको रुपमा मनाएको जनाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विरोध सभा र प्रर्दशन मार्फत संविधान संशोधन नहुनजेलसम्म यस दिनलाई संविधान दिवसको रुपमा मनाउन न सकिने भन्दै विरोध जनाएका हुन् ।
टाउकोमा कालो पट्टी बाँधेर स्थानीय पार्टी कार्यालयबाट लोसपाका स्थानीय नेता, कार्यकर्ताहरुले मोटरसाईकल ¥याली, नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । मधेशको माग सम्बोधन हुने गरी संविधान संशोधन गर, नागरिकता विधेयक प्रमाणिकरण गर, अपुरो संविधान पुरा गर लगायतका नाराबाजी गर्दै मोटर साइकल ¥याली बजार क्षेत्र परिक्रमा गरी पुनः पार्टी कार्यालयमै पुगि विचार गोष्ठीमा परिणत भएको थियो । उक्त गोष्ठीको अध्यक्षता पार्टीका जिल्ला उपाध्यक्ष बौवा लाल शर्माले गरेका थिए ।
यस्तै जसपा जिल्ला समन्वय समिती सप्तरीले पनि सोमबारै राजविराजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान दिवसलाई कालो दिनको रुपमा मनाएका छन् । जिल्ला सचिव हरेराम यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य विकास तिवारीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रमका सहभागीहरुले संविधान संशोधन न भए सम्म सदन र सडक दुबै स्तरबाट संर्घष जारी रहने उदघोष गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ