News Category 2079/06/05
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
भन्सार कटाउँदा पनि प्रहरीले सामान खोसेर दुःख दिने गरेको एक महिलाले पत्रकार सम्मेलन मार्फत गुनासो गरेकी छिन् ।
राजविराज ७ की ४३ वर्षिया व्यवसायी सोनी खातुनले पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेकी हुन् ।
उनी राजविराजमा फुटफाटमा कपडा पसल संचालन गर्दै आएकी छिन् । आफु सीमावर्ती भारतीय बजार कुनौलीबाट कपडा खरीद गरि ल्याएको कपडाको भन्सार काटिसक्दा पनि पटक÷पटक त्यस क्षेत्रमा खटिएका घुमुवा प्रहरी जवान भाग्य नारायण साहले खोस्ने गरेको उनले रुदै सुनाईन ।
भन्सार काटीसकेको पुर्जा देखाउँदै उनले भनिन, “पुर्जा देखाउदा पनि घुमुवा प्रहरीले समान खोसेर लैजाने गरेका छन ।”
घुमुवा प्रहरी साहले आफुलाई भन्सार नकाट बरु महिनावारी मिलाउ सहज र सस्तो हुने प्रलोभन दिने गरेको र नमान्दा अनावश्यक दुःख दिन थालेको उनको गुनासो छ ।
पछिल्लो पटक भारतीय बजार कुनौलीबाट १ लाख भन्दा बढीको साडी ल्याएर भन्सार कार्यालयको गेट मै पुगी भन्सार काट्न तयार पारेको अवस्थामा ती साडी घुमुवा प्रहरी साहले खोसेर लगेको उनले सुनाईन ।
यता प्रहरी जवान साहले आफू ती महिलासँग चिनजान नभएको तर, भन्सार छलेर ल्याएको साडी जफत गरेको स्वीकार गरेका छन् । उनले आफूलाई नियतपूर्ण तरिकाले महिलाले बदनाम गर्न खोजेको स्पष्ट पार्दै कर छलेको सामानहरु जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिए ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले घटना बारे अनुसन्धान गरिरहेको र सत्यतथ्य बुझेर दोषिमाथी कारवाही गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ