News Category 2079/06/07
सेभ द सप्तरीको २३ औ सधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सेभ द सप्तरीको २३ औ सधारण सभा बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित सधारण सभा कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले सेभ द सप्तरीले जिल्लाको अतिपिछडिएको वर्गहरुको लागि बरदान नै सावित भएको बताए । उनले यस संस्थाले गाउँघरमा रहेको निमुखा समुदायिको स्तरबृद्धि गरेर राम्रो काम गर्दै आएको उल्लेख गरे ।
समाज परिर्वतनमा सेभ द सप्तरीले ठूलो भुमिका खेलिरहेको भन्दै शिक्षा, स्वास्थ्य, लघुउद्यम बिकास, किशोरकिशोरी मैत्री र कृषि क्षेत्रमा लगानी गरेर मानव सेवा गर्दै आइरहेको बताए । अगामी दिनमा यस संस्थाले जिल्ला भरिकै शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको बिकासमा लाग्नुपर्ने सुझाव पनि दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष धुव्र प्रसाद देवले सेभ द सप्तरीले बिगत २३ बर्षदेखि समाजिक क्षेत्रमा काम गर्दे आएको उल्लेख गरे । सधारण सभाको लेखा परीक्षण कार्यपत्र प्रस्तुत गर्दै उनले सेभ द चिल्ड्रेनको सहयोगमा समून्नती कार्यक्रम अन्र्तगत सन् २०१३ देखि मातृ तथा नवजात शिशु, मेरो पहिलो बच्चा, बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, बालबिकास कार्यक्रम, आधारभुत शिक्षा, किशोरकिशोरी बिकास कार्यक्रम, जीबिकोपार्जन कार्यक्रम लगायत संचालनमा रहेको बताए ।
बालबालिकाहरुलाई गुणस्तरीय शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ संचालित कार्यक्रममा स्वास्थ्य, तथा सरसफाई सम्बन्धि जिल्लाको राजविराज नगरपालिका वडा नं. १, ५, १४, १५ र १६ तथा छिन्नमस्ता गाउँपालिका, बिष्णुपुर, गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका सम्पुर्ण वडाहरुमा यस्ता कार्यक्रमहरु संचालमा रहेको जानकारी दिए ।
आर्थिक बर्ष २०७८÷०७९ मा रु ६ करोड ७ लाख ४२ हजार ८ सय १६ रुपैया खर्च गरेर जिल्लाको राजविराज नगरपालिका वडा नं. १, ५, १४, १५ र १६ तथा छिन्नमस्ता गाउँपालिका, बिष्णुपुर, गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाकामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी पनि दिए ।
यस्तै वल्र्ड ऐजुकेशनको सहयोगमा सेभ द सप्तरीले सक्रिय परियोजना अन्र्तगत बालश्रम निवारका लागि सन २०१९ अक्टुरवरदेखि जुलाई २०२२ सम्म कार्यक्रम कार्यान्वयन गरि ती पालिकाहरुमा समेत बिभिन्न कार्यक्रम संचालन गरिएको थियो । यस परियोजना अन्र्तगत आर्थिक बर्ष २०७८÷०७९ मा प्राप्त रु ३७ लाख ९७ हजार ८ सय ३ रुपैया खर्च भएको कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा कमलेश्वरी कृषक समुहका कृषि सल्लाहकार अरूण साह, गजेन्द्र नारायण सिँह अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन डा. रंजित झा, प्रअ राजकुमार मंडल, प्रहरी उपरिक्षक अविनारायण काफले, लघुउद्यमी शयम कुमार मडल, छिनमस्ता गउपालिका स्वास्थ्य संयोजक बलदेश्वर चौधरी, तिलाठी कोइलाडी गउपालिका स्वास्थ्य संयोजक शैलेश मिश्र, राप्राबि कट्ीका प्रअ रामचन्द्र यादव, बिष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक अर्जुन यादव, कृषि ज्ञान केन्द्रका योजना अधिकृत सुुकदेव राउत, तिलाठी कोइलाडी गाउँपालिकाका कृषि संयोजक उदायकान्त झा, शिक्षा बिकास समन्वय एकाई समितिका प्रमुख राजदेव यादव र गैसस महासंघका अध्यक्ष बलदेव मंडल, छिनमसता गाउपािलका अध्यक्ष, बिद्ययानन्द चौधरी, सबल नेपालका अध्यक्ष जुना गिरी, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव सहितकाले शुभकामना मतब्य ब्यक्त गरेका थिए ।
सेभ द सप्तरीको अध्यक्ष धुव्र प्रसाद देवकै अध्यक्षता आयोजित सधारण सभामा बिशिष्ट अतिथि ः सेभ द चिल्डे«नका नर्मदा थापा, नेपाली सेनाका गणपति दुर्गाबहदुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काप्mले र नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव लगायतकालाई दोसाला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ