News Category 2079/06/07
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा अधिकारमा आधारित विकास पद्धति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सर्वाजनिक जवाफदेहिता सामाजिक समावेशीकरण सम्वन्धी दुई दिने कार्याशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अगुवाई दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित नागरिक सक्रियता परियोजना अन्र्तगत सो कार्याशाला सम्पन्न भएको हो ।
विष्णुपुर गाउँपालिकाको तथ्याङ्गक अनुसार प्राथमिकताको क्षेत्रहरु निर्धारण गर्ने, अधिकारमा आधारित विकास पद्धति मान्यता अनुसार कार्य गर्ने वस्ति स्तरीय योजना तर्जुमा गर्ने, राहतमुखी कार्यक्रम भन्दा आर्थिक र सामाजिक सशक्तिकरण हुने कार्यक्रम तर्जुमा गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि पास गरी पालिकाको स्थानीय राजपत्रमा प्रकाशित गर्ने कार्ययोजना समेत निमार्ण गरिएको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिए ।
सो कार्याशालामा विष्णुपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ७ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीसमेतको सहभागिता रहेको थियौं । उक्त कार्यशाला गोष्ठीमा प्रमुख प्रशिक्षक गोविन्द अधिकारी र जिल्ला संयोजक राजकुमार पासवाले सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ