News Category 2079/06/07
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा अधिकारमा आधारित विकास पद्धति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सर्वाजनिक जवाफदेहिता सामाजिक समावेशीकरण सम्वन्धी दुई दिने कार्याशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अगुवाई दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित नागरिक सक्रियता परियोजना अन्र्तगत सो कार्याशाला सम्पन्न भएको हो ।
विष्णुपुर गाउँपालिकाको तथ्याङ्गक अनुसार प्राथमिकताको क्षेत्रहरु निर्धारण गर्ने, अधिकारमा आधारित विकास पद्धति मान्यता अनुसार कार्य गर्ने वस्ति स्तरीय योजना तर्जुमा गर्ने, राहतमुखी कार्यक्रम भन्दा आर्थिक र सामाजिक सशक्तिकरण हुने कार्यक्रम तर्जुमा गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि पास गरी पालिकाको स्थानीय राजपत्रमा प्रकाशित गर्ने कार्ययोजना समेत निमार्ण गरिएको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले जानकारी दिए ।
सो कार्याशालामा विष्णुपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ७ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीसमेतको सहभागिता रहेको थियौं । उक्त कार्यशाला गोष्ठीमा प्रमुख प्रशिक्षक गोविन्द अधिकारी र जिल्ला संयोजक राजकुमार पासवाले सहजीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ