News Category 2079/06/07
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
४३ औं सामाजिक सेवा दिवसको अवसरमा सवल नेपालले जनहित पवल लाल आधारभुत बिधालय बनरझुलालाई फरक क्षमता भएका बिधार्थीहरूको लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
सप्तरीको खडक नगरपालिक वडा नम्वर ३ स्थित सो बिधालयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालद्धारा फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत विद्यालय सवलीकरण गर्न शैक्षिक, खेलकुद, पोषाक, मर्मत सम्भार, रंगरोघन, स्वास्थ्य तथा सरसफाईसहित छात्रावास व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त बिधालयको बालवालिकाहरूको शिक्षा र स्वास्थ, खेलकुद, कक्षाकोठाको मर्मत सम्भार तथा कक्षाकोठाको भौतिक पुर्वाधार सुधारको साथै बिधालयको रंगरोघनका लागी ७ लाख बराबरको सहयोग गरेको सबल नेपालका समुन्नती कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
सो कार्यक्रममा खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चौधरी, उपमेयर रिता चौधरी, खडक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले सबल नेपालले शिक्षा, स्वास्थ क्षेत्रमा पु¥याएको सहयोग प्रशंसा गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष विरेन्द्र चौधरीले दातृ निकाय तथा सवल नेपालाई धन्यवाद दिदैँ सधै सहयोग अपेक्षा राख्दै समुदायिक विद्यालयमा लगानी बढाउन, अभिभावकहरुलाई नियमित विद्यालय अनुगमन गर्न विद्यालयलाई आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे ।
विद्यालयमा ९८ छात्र, १ सय १५ छात्रा गरि जम्मा २ सय १३ जना अध्यनरत रहेका छन् भने १३ जना फरक क्षमता भएका विद्यार्थीहरू छात्रावासमा रही अध्ययन गरि रहेको छ भने जसमा १० छात्र र ३ जना छात्रा रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ