News Category 2079/06/07
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) मधेश प्रदेश समितिले शुक्रबार राजविराजमा सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउनका लागि पर्यटन स्थलहरुको सम्बद्र्धन र विकासका लागि सबै पक्ष एकजुट भएर लाग्नु पर्ने बताएको छ ।
नाटाका प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले “घुमौं मधेश, बुझौं प्रदेश” मूल नाराका साथ मधेश प्रदेशमा सन् २०२५ लाई पर्यटन वर्षको रुपमा मनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले नाटा गठन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेश सरकारले पर्यटनको नाममा एउटा होडिङ बोर्ड समेत लगाउन नसकेको आरोप लगाउँदै मधेश प्रदेशमा रहेका पर्यटन स्थल तथा त्यसको गनतव्य बारे समेत कुनै जानकारीबारे कार्य गर्न सकेको बताए ।
मधेशका आठ वटै जिल्लाका पाँच÷पाँच वटा पर्यटक स्थलहरुलाई सम्वद्र्ध, संरक्षण र विकासका लागि नाटाले पहल सूरु गरेको जानकारी दिँदै पर्यटन वर्ष २०२५ मा तीनै स्थलहरुलाई प्राथमिकतामा राखेको बताए ।
नाटा प्रदेश अध्यक्ष लामिछानेको अध्यक्षता तथा उद्योग बाणिज्य संघ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष अरुण प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा नाटाका वरिष्ठ उपाध्यक्ष बिनोद कुमार चौधरी, उपाध्यक्ष हैदर अलि, महासचिव सुदर्शन काफ्ले, होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीका अध्यक्ष शैलेश चौधरी, उपाध्यक्ष सम्पत कोइराला, उद्योग बाणिज्य संघ सप्तरीका उपाध्यक्ष, महासचिव अमृत संचेती, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव लगायतका वक्ताहरुले पर्यटन व्यवसायीको उत्थानका लागि सम्भावित पर्यटकीय स्थलको उचित सम्वद्र्धन गर्न सबै एकजुट भएर लाग्नु पर्ने धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ