News Category 2079/06/07
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधमका अनुसार प्रदेशको ८ वटै जिल्लामा ११ हजार ८ सय २७ महिला र ५५ हजार ५७ पुरुष गरि ६६ हजार ८ सय ८४ जनाको आवेदन परेको छ ।
प्रदेश प्रहरीका अनुसार सिरहा जिल्लाबाट १ हजार २ सय ९९ महिला र ५ हजार ५ सय २० पुरुष गरि ६ हजार ८ सय १९, धनुषाबाट १ हजार १ सय २५ महिला र ६ हजार ७ सय ९ पुरुष गरि ७ हजार ८ सय ३४, महोत्तरीबाट १ हजार ३ सय ३३ महिला र ५ हजार ९ सय ३९ गरि ७ हजार ३ सय २, सर्लाहीबाट १ हजार ५ सय ७० महिला र ७ हजार ९३ पुरुष गरि ८ हजार ६ सय ६३ जना पुरुषले आवेदन परेको छ ।
यस्तै रौतहटबाट १ हजार १ सय ६३ महिला र ७ हजार ४ सय २० पुरुष गरि ८ हजार ५ सय ८३, बाराबाट २ हजार ४ सय ६६ महिला र ८ हजार ९ सय ३९ पुरुष गरि ११ हजार ४ सय ५ तथा पर्साबाट १ हजार २ सय ४८ महिला र ६ हजार ७० पुरुष गरि ७ हजार ३ सय १८ जनाले म्यादीका लागि आवेदन दिएको जनाइएको छ ।
सरकारले मंसिर ४ गतेको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि भदौ ३० देखी असोज ६ गतेसम्म आवेदन दिन समय तोकेको थियो ।
गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् । छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलब÷भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ