News Category 2079/06/10
अवैध १३ किलो चाँदीसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
भारतीय क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट १३ किलो अवैध चाँदीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको शिवसतासी नगरपालिका २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका ४ का ३५ वर्षिय मनी विश्वकर्मा छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले बरामद सामानको १४ लाख ११ हजार ७ सय ७ रुपैयाँ मूल्यांकन गरिएको जानकारी दिए । बरामद सामानहरुमा चाँदीका औठी, काडा, बाला, ब्रासलेट, सिक्री लगायतका गरगहना छन् ।
सिमावर्ती क्षेत्रमा शंकास्पद अवस्थामा हिडडुल गरेको देखेपछि चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट उक्त परिमाणको अवैध चाँदीको गरगहनाहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आईतवार साँझ पक्राउ परेका उनीहरुलाई चाँदीका अवैध गरगहनासहित सोमवार आवश्यक कार्वाहीका लागि सुनसरी इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय चलान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ