News Category 2079/06/10
अवैध १३ किलो चाँदीसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
भारतीय क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट १३ किलो अवैध चाँदीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको शिवसतासी नगरपालिका २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका ४ का ३५ वर्षिय मनी विश्वकर्मा छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले बरामद सामानको १४ लाख ११ हजार ७ सय ७ रुपैयाँ मूल्यांकन गरिएको जानकारी दिए । बरामद सामानहरुमा चाँदीका औठी, काडा, बाला, ब्रासलेट, सिक्री लगायतका गरगहना छन् ।
सिमावर्ती क्षेत्रमा शंकास्पद अवस्थामा हिडडुल गरेको देखेपछि चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट उक्त परिमाणको अवैध चाँदीको गरगहनाहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आईतवार साँझ पक्राउ परेका उनीहरुलाई चाँदीका अवैध गरगहनासहित सोमवार आवश्यक कार्वाहीका लागि सुनसरी इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय चलान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ