News Category 2079/06/10
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान

दैनिक समाचारदाता
राजविराज, १० असोज ।
नगर क्षेत्र भित्र रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य क्लिनीकलाई सुविधा सम्पन्न बनाउनका लागि सोमबार लाखौं मुल्य बराबरको औषधी तथा विद्युतीय उपकरणहरु प्रदान गरिएको छ ।
नगरक्षेत्र भित्र रहेका एक शहरी स्वास्थ्य क्लिनीक र दूई स्वास्थ्य चौकीलाई लाखौ मुल्य बराबरको औषधी र विद्युतिय उपकरण, ल्यापटप, फनिचर लगायतका समाग्री प्रदान गरिएको हो ।
राजविराज ७ स्थित शहरी स्वास्थ्य क्लिनीक तथा राजविराज ९ र राजविराज ११ स्थित स्वास्थ्य चौकीलाई वितरण गरिएका समानहरुमा स्ट्रिट लाईट, एकवागार्ड पानी फिल्टर, फिटल डोपलर मेसिन, हिटर, ल्यापटप, स्टिल दराज, टेवुल कुर्सी, स्वास्थ्य किट लगायतका छन ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इशरत प्रविण, प्रमुख प्रशासकिय अधिकृत विनय कुमार सोनु लगायतले उक्त सरसमान सम्बन्धित स्वास्थ्य चौकीका प्रमुखहरुलाई हस्तान्तरण गरे ।
उक्त सरसमान क्रमिक रुपमा नगरक्षेत्रका ११ वटै शहरी स्वास्थ्य क्लिनीक र स्वास्थ्य चौकीमा वितरण गरिने नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य प्रमुख निरन्जन यादवले जानकारी दिए ।
नगरक्षेत्रमा रहेका स्वास्थ्य चौकी र शहरी क्लिनीक मार्फत विभिन्न खाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको नगरपालिकाले सेवालाई अझ प्रभावकारी, विश्वसनीय र गुणस्तरीय बनाउन उक्त सरसमान प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ