News Category 2079/06/10
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरी सदरमुकाम राजविराजमा पछिल्लो पटक चोरीका घटनाहरु बढ्दै गएपछि सुरक्षाको माग गर्दै स्थानियहरुले सोमबार प्रदर्शन गरेका छन् ।
चोरी पीडित संघर्ष समीति राजविराजको अगुवाईमा स्थानीय शिवमन्दिरबाट नारावाजिका साथ नगरपरिक्रमा गर्दै प्रर्दशन गरेका हुन ।
प्रर्दशनमा सहभागीहरुले शान्तिसुरक्षाको प्रत्याभुती, दिनहु हुने चोरीका घटना नियन्त्रण, अपराधी पत्ता लगाई कडा कारवाही लगायतका नाराबाजी गर्दै नगरक्षेत्रको परिक्रमा गरेका थिए ।
दुई महिना यता लगातार झण्डै तीन दर्जन भन्दा बढी चोरीका घट्ना भएपछी स्थानीय शान्तिसुरक्षा र प्रहरी सक्रियता संगै रात्री गस्ती र निगरानी बढाउनु पर्ने माग गर्दै सडक प्रर्दशनमा उत्रेका हुन ।
सडक किनार र घर अगाडी राखिएका साइकल र मोटरसाईकल मात्र होइन, पसलको सटर र घरको झ्याल ढोका समेत फोडेर लाखौको धनमाल चोरी हुने क्रम बढेकाले र यस्ता अपराधिक घटना रोक्न स्थानीय प्रशासनलाई दवाव स्वरुप प्रर्दशन गरिएको संघर्ष समितीकी संयोजक सुनिता साहले बताईन ।
प्रर्दशनमा सहभागी युवा अभियन्ता पार्थो सरकार, खेलानन्द दास लगायतले पनि जिल्लामा केही दिन यता चोरीको घटना ह्वातै बढेको भन्दै प्रहरीले सक्रियता र निगरानी नबढाए आन्दोलन चर्काउने चेतावनी दिए ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले हालै नगरका विभिन्न स्थानमा भएका चोरी घट्नाका अधिकाँश अपराधीहरुलाई पक्राउ गरिसकेको दाबी गरेका छन् । उनले आधा दर्जन भन्दा बढी चोरहरुलाई पक्राउ गरेर अनुसन्धान थालेका बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ