News Category 2079/06/10
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरी सदरमुकाम राजविराजमा पछिल्लो पटक चोरीका घटनाहरु बढ्दै गएपछि सुरक्षाको माग गर्दै स्थानियहरुले सोमबार प्रदर्शन गरेका छन् ।
चोरी पीडित संघर्ष समीति राजविराजको अगुवाईमा स्थानीय शिवमन्दिरबाट नारावाजिका साथ नगरपरिक्रमा गर्दै प्रर्दशन गरेका हुन ।
प्रर्दशनमा सहभागीहरुले शान्तिसुरक्षाको प्रत्याभुती, दिनहु हुने चोरीका घटना नियन्त्रण, अपराधी पत्ता लगाई कडा कारवाही लगायतका नाराबाजी गर्दै नगरक्षेत्रको परिक्रमा गरेका थिए ।
दुई महिना यता लगातार झण्डै तीन दर्जन भन्दा बढी चोरीका घट्ना भएपछी स्थानीय शान्तिसुरक्षा र प्रहरी सक्रियता संगै रात्री गस्ती र निगरानी बढाउनु पर्ने माग गर्दै सडक प्रर्दशनमा उत्रेका हुन ।
सडक किनार र घर अगाडी राखिएका साइकल र मोटरसाईकल मात्र होइन, पसलको सटर र घरको झ्याल ढोका समेत फोडेर लाखौको धनमाल चोरी हुने क्रम बढेकाले र यस्ता अपराधिक घटना रोक्न स्थानीय प्रशासनलाई दवाव स्वरुप प्रर्दशन गरिएको संघर्ष समितीकी संयोजक सुनिता साहले बताईन ।
प्रर्दशनमा सहभागी युवा अभियन्ता पार्थो सरकार, खेलानन्द दास लगायतले पनि जिल्लामा केही दिन यता चोरीको घटना ह्वातै बढेको भन्दै प्रहरीले सक्रियता र निगरानी नबढाए आन्दोलन चर्काउने चेतावनी दिए ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले हालै नगरका विभिन्न स्थानमा भएका चोरी घट्नाका अधिकाँश अपराधीहरुलाई पक्राउ गरिसकेको दाबी गरेका छन् । उनले आधा दर्जन भन्दा बढी चोरहरुलाई पक्राउ गरेर अनुसन्धान थालेका बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ