News Category 2079/06/11
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
राष्ट्रपती विद्यादेवी भण्डारीले चालेको कदम असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकटका वर्गिय संगठनहरुले संयुक्तरुपमा मंगलबार राजविराजमा प्रर्दशन र पुत्ला दहन गरेका छन् ।
संघिय संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणका लागी पुगे पनि राष्ट्रपतीले रोकेको विरोधमा राजविराजमा प्रर्दशनसहित राष्ट्रपतिको पुत्ला दहन गरिएको हो ।
स्थानीय शिवमन्दिर परिसरबाट पुत्लासहित निस्केको जुलुश राष्ट्रपती विरुद्ध चर्काे नाराबाजी गर्दै शहिद दशन चौक पुगेपछी पुत्ला दहन गर्दै विरोध सभामा परिणत भएको थियो ।
पुत्ला दहन गर्ने क्रममा जसपाका जिल्ला अध्यक्ष शिवम यादवको हातमा अचानक आगो लाग्दा उनी घाईते भएका छन् । पुत्ला दहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा प्रर्दशनकारी संग समान्य घम्साघम्सी समेत भएको थियो ।
सभालाई समाजवादी युवा संघका जिल्ला अध्यक्ष शिवम यादव, समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष भुवनेश्वर यादव थापा, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष संजय यादव, समाजवादी युवा संघका केन्द्रीय सचिव विशाल यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम यादव, महिला नेतृ नितु पण्डित लगायतले संम्बोधन गर्दै संविधानको संरक्षक राष्ट्रपतीलाई मानिए पनि उनैबाट गैर संवैधानिक काम भएको भन्दै उक्त कदम विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ