News Category 2079/06/14
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार सप्तरी आउने भएका छन् । उनी पार्टीको राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् ।
राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले शनिवार हुने जनसभामा ४०÷५० हजारका जनसहभागिता रहने जानकारी समेत दिए ।
उनले आमसभाका लागि जिल्ला भरिबाट ३ सय ५० युवा स्वयमसेवक र सुरक्षाकर्मी परिचालन हुने जनाउँदै पार्टीका युथहरुलाई स्वयसेवकको रुपमा परिचालन गर्ने जनाए ।
जिल्लाको कञ्चनरूप नगरपालिकास्थित धर्मेश्वर अस्पताल नजिक रहेको मैदानमा हुन लागेको जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली, पार्टीका नेता महेश बस्नेत, प्रभु साह, रघुविर महासेठ, लिलानाथ श्रेष्ठ, सिता सुवेदी र किरण पौडेल समेतको सहभागिता रहने जानकारी दिइएको छ ।
सोही पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले सोही जनसभामा पार्टी प्रवेशको कार्यक्रम समेत रहेको जानकारी दिएका छन् ।
यस्तै पार्टीका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला सहइन्चार्ज राजकुमार लेखीले जनसभाको तयारी पुरा भईसकेको जानकारी दिए । उनले जनसभामा १५ वटा समूहमा आदिवासी, जनजाती लगायतकाले झाँकी प्रदर्शनका साथै कला संस्कुति प्रस्तुत गरिने र कलश यात्राका कार्यक्रम समेत रहेको जानकारी दिए ।
आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव देवनाथ यादव, नेसार मियाँ, देविबहादुर खत्री, हिरन्य कुमार गुप्ता लगायतका उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ