News Category 2079/06/21
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहिबार निर्वाचन क्षेत्र नं. २ मा पर्ने सदरमुकाम राजविराजमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ को कंचनरुप नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय आफैले उद्घाटन गरेका जिल्ला अदालत सप्तरीका प्रमुख न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले अब निर्वाचन आयोगले तयार गरेको कार्यतािलका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए ।
उनले निर्वाच नभयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको सहयोगका लागि अपील गरे । निष्पक्ष निर्वाचनका लागि सबैको सरोकार हुने भन्दै उनले त्यसका लागि आचारसहित र निर्वाचन कानुनहरुको पालना गर्नु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सुरक्षा निकायका साथै सबै सरोकारवालाले निर्वाचनका समयमा भयरहित वातावरण निर्माणमा लाग्नु पर्ने बताए । सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरि मिति तोकेको छ ।
सप्तरीमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३६ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकरी रमेश कुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा एकै दिन कार्यालय स्थापना गरि निर्वाचन तालिका अनुसारको गतिविधि तिब्र बनाइएको छ ।
प्रहरी उपरिक्षक अविनारायण काफ्लेले निर्वाचनलाई भयरहित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको समन्वयमा एकीकृत सुरक्षा प्रणाली लागु गरिएको बताए । उनले यस कार्यमा सशस्त्र प्रहरी र सेनाका साथै नेपाल प्रहरीका १ हजार ६ सय ३४ तथा म्यादी प्रहरीका ३ हजार २ सय ७८ जनशक्ति परिचालन हुने जानकारी समेत दिए ।
जिल्लामा कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन् । जसमध्ये २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ