News Category 2079/06/21
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहिबार निर्वाचन क्षेत्र नं. २ मा पर्ने सदरमुकाम राजविराजमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ को कंचनरुप नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय आफैले उद्घाटन गरेका जिल्ला अदालत सप्तरीका प्रमुख न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले अब निर्वाचन आयोगले तयार गरेको कार्यतािलका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए ।
उनले निर्वाच नभयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको सहयोगका लागि अपील गरे । निष्पक्ष निर्वाचनका लागि सबैको सरोकार हुने भन्दै उनले त्यसका लागि आचारसहित र निर्वाचन कानुनहरुको पालना गर्नु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सुरक्षा निकायका साथै सबै सरोकारवालाले निर्वाचनका समयमा भयरहित वातावरण निर्माणमा लाग्नु पर्ने बताए । सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरि मिति तोकेको छ ।
सप्तरीमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३६ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकरी रमेश कुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा एकै दिन कार्यालय स्थापना गरि निर्वाचन तालिका अनुसारको गतिविधि तिब्र बनाइएको छ ।
प्रहरी उपरिक्षक अविनारायण काफ्लेले निर्वाचनलाई भयरहित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको समन्वयमा एकीकृत सुरक्षा प्रणाली लागु गरिएको बताए । उनले यस कार्यमा सशस्त्र प्रहरी र सेनाका साथै नेपाल प्रहरीका १ हजार ६ सय ३४ तथा म्यादी प्रहरीका ३ हजार २ सय ७८ जनशक्ति परिचालन हुने जानकारी समेत दिए ।
जिल्लामा कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन् । जसमध्ये २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ