News Category 2079/06/23
कसैले गठबन्धन बिरुद्ध स्वतन्त्र त कसैले पार्टीकै आधिकारिक उम्मेदवार भन्दै मनोनयन दर्ता
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरीमा गठबन्धन बिरुद्ध विभिन्न दलहरुबाट उम्मेदवारी परेको छ भने कसैले दल परित्याग गरि स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।
पाँच दलिय गठबन्धनबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माओवादी केन्द्रका नेता अशोक मण्डल अमरले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
त्यस्तै जिल्लाको क्षेत्र नं. ४ को ख बाट जसपाका नेता अनिरुद्ध कुमार सिंह यादवले गठबन्धन बिरुद्ध स्वतन्त्र रुपमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । त्यस्तै सोही क्षेत्रको ख बाट प्रदेशसभा सदस्यमा एमालेकी नेत्री ललिताकुमारी लताले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
यसैगरि पाँच दलिय गठबन्धन बिरुद्ध क्षेत्र नं. ३ को ख बाट लोसपाका नेता गजेन्द्र कुमार मण्डलले पार्टीकै आधिकारिक उम्मेदवार बन्दै प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । यस्तै क्षेत्र नं. १ को क बाट गठबन्धन बिरुद्ध लोसपाको उम्मेदवार बन्दै तुलसी थारुले पनि उम्मेदवारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ