News Category 2079/06/24
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा प्रतिनिधीसभा सदस्य तर्फ ७० र प्रदेशसभा सदस्य तर्फ १ सय ११ गरी कुल १ सय ८१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीका अनुसार प्रतिनिधीसभा तर्फ क्षेत्र नं.१ मा २०, क्षेत्र नं. २ मा १६, क्षेत्र नं. ३ मा १८ र क्षेत्र नं. ४ मा १६ गरी ७० जनाले उम्मेदवारी दिएका छन् । जसमा ६५ जना पुरुष र ५ जना महिला छन् । त्यस्तै प्रदेशसभातर्फ ९६ पुरुष र १५ जना महिला गरी १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले प्रतिनिधीसभातर्फ १ महिला र २६ पुरुष तथा प्रदेशसभातर्फ ३५ पुरुष र ६ महिला गरी ६८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
यसरी मुख्य दलहरुबाट महिला उम्मेदवारको संख्या शुन्य भएपनि स–साना दलबाट प्रतिनिधी र प्रदेशसभामा गरी १३ जना महिलालाई उम्मेदवार बनाइएको छ । जसअनुसार प्रतिनिधीसभातर्फ नागरिक उन्मुक्ती पार्टी, नेपाल जनता दल, नेपाल संघिय समाजवादी पार्टी र पिछडा वर्ग निषाद दलित जनजाती पार्टीले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ ।
यस्तै प्रदेशसभा तर्फ नेमकिपाले ४, नेपाल कम्युनिष्ट पार्टीले २ तथा नेपाली काँग्रेस (विपी), राप्रपा र राप्रपा नेपालले १÷१ जना महिलालाई उम्मेदवार बनाएको छ ।
निर्वाचनका लागी जिल्लामा ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन भने ५ सय ३६ मतदान केन्द्र तोकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ