News Category 2079/06/24
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पार्टी विपरित मनोनयन पत्र दर्ता गराएका सम्पूर्ण उम्मेदवारलाई नेपाली काँग्रेस सप्तरीले मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।
पार्टीका जिल्ला सचिव सनत मण्डलद्वारा जारि विज्ञप्तिमा मनोननय फिर्ता लिई पार्टीका आधिकारी उम्मेदवारलाई जिताउन आग्रह गर्दै सो नगरिए पार्टी विधान अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।
सोही विज्ञप्तिमा काँग्रेस पाँच दलिय गठबन्धन भित्र रहेकोले यसमा आवद्ध अन्य दलहरुबाट पनि गठबन्धन बिपरीत उम्मेदवारी दिएकोमा उनीहरुलाई पनि मनोनयन फिर्ता लिई गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिएको छ ।
यता गठबन्धनको सहमति अनुसार भागमा परेको सिटमा सहमती विपरित गठबन्धन दल भित्रकै पार्टीले अर्काे उम्मेदवार खडा गर्नू उपयुक्त नहुने काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको भनाई छ ।
उनले भने, “केन्द्रमा सहमती भएपनि जिल्लामा विथोल्नु उचित होइन, उनले भने–यसबारे गठबन्धन दलका शिर्ष नेताका साथै स्थानीयस्तरमा पनि पहल शुरु भएको छ ।” नामावली सच्याउने र उम्मेदवारी फिर्ता लिने समय दुई दिन बाकी भएकाले समस्या समाधान हुने विश्वास गरिएको छ, उनले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ