News Category 2079/06/24
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
आगामी मंसिर ४ हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागी केन्द्रियस्तरमा बनेको गठबन्धन सप्तरी जिल्लामा भत्किएको छ । जसकाकारण गठबन्धनका आधिकारिक उम्मेदवारहरु तनावमा परेका छन् ।
जिल्लामा गठबन्धनको सहमती विपरित प्रतिनिधीसभा क्षेत्र नं. १ र ३ तथा प्रदेशसभा १ को क, क्षेत्र नं. ३ को क र ख तथा क्षेत्र नं. ४ को ख मा उम्मेदवारी परेको छ ।
पाँच दलिय गठबन्धन अन्तरगत काँग्रेसको भागमा परेको प्रतिनिधीसभा क्षेत्र नं. १ बाट संविधानसभा सदस्य समेत रहेका माओवादी केन्द्र सप्तरीका इन्र्चाज अशोक कुमार मण्डल (अमर)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका रामदेव साह साझा उम्मेदवार हुन् ।
मण्डललाई गठबन्धनका तर्फबाट पार्टीले सोही क्षेत्रको प्रदेशसभा १ बाट टिकट दिएपनि सो अस्विकार गर्दै प्रतिनिधीसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिए । यसअघि पार्टीले मण्डलको नाम प्रतिनिधिसभा क्षेत्र नं. १ र प्रदेशसभा ख दुबैबाट सिफारिस गरेको थियो । तर, गठबन्धन बनेपछि उनको टिकट प्रदेशसभा १ का लागि आएको भन्दै टिकट वितरणमा मण्डलले असन्तुष्टि जनाए ।
यता मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्र पनि असन्तुष्टि संगै शंका उपशंका र विश्वासको संकट उत्पन्न भएको र यसलाई सच्याउनु पर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश यादवको भनाई छ ।
यस्तै काँग्रेसका केन्द्रीय सदस्य यादव उम्मेदवार रहेकोे प्रतिनिधीसभा क्षेत्र नं. ३ मा पनि गठबन्धन भित्रका दल लोसपाका तर्फबाट लक्ष्मीकान्त मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै सोही प्रतिनिधिसभा क्षेत्रमा जनमत पार्टीका केन्द्रिय सदस्य समेत रहेका सुरेन्द्र शर्मा मधेशीले पार्टीको आधिकारिक उम्मेदवार अनिस अन्सारी बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क मा गठबन्धनको सहमति विपरित लोसपाका तुलसी चौधरीले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका वेचन चौधरी बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन । सोही प्रदेशसभा क्षेत्रबाट पूर्वमन्त्री एवं काँग्रेसी नेता हेमराज तातेडले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ३ को प्रदेशसभा क मा गठबन्धनका आधिकारिक उम्मेदवार काँग्रेसका मो. समिम बिरुद्ध नेकपा एकीकृत समाजवादीका अनिल कुमार गुप्ता तथा सोही प्रदेशसभा क्षेत्रमा काँग्रेसका महेन्द्र चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा ख मा गठबन्धनको सहमति विपरित लोसपाका गजेन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । उक्त प्रदेशसभा क्षेत्रमा गठबन्धनका तर्फबाट काँग्रेसका भगवती चौधरी उम्मेदवार बनेका छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ४ को प्रदेशसभा ख मा एमाले–जसपा गठबन्धनका आधिकारीक उम्मेदवार जसपाका अभिषेक यादवविरुद्ध जसपाकै अनिरुद्ध प्रसाद सिंह यादव तथा एमालेकी ललिता कुमारी लताले बागी उम्मेदवारी दिएका छन् ।
यस्तै सोही क्षेत्रमा काँग्रेस सहितको पाँच दलिय गठबन्धनबाट काँग्रेसका उम्मेदवार रहेका इन्द्रदेव यादव बिरुद्ध काँग्रेसकै रामलखन साह र काँग्रेसका पूर्वक्षेत्रिय सभापति खगेन्द्र यादवले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ