News Category 2079/06/26
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै मंगलबार राजविराजमा सप्तरी जिल्ला अदालत अगाडी प्रदर्शन गरिएको छ ।
हनुमान आराधना मण्डल, विश्व हिन्दु परिषद् र सनातन संस्कृत नेपाल सप्तरीको संयुक्त अगुवाईमा साधुसन्तहरुले सो प्रदर्शन गरेका हुन् ।
गौं हत्यामा संलग्न भएका सकुर मियाँ पक्राउ परेका छन् । पक्राउ परेकामाथी कडा कारवाही चलाउनु पर्ने र फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गर्नु पर्ने भन्दै प्रदर्शनमा सहभागिहरुले नाराबाजीसहित नगर परिक्रमा गरेका थिए ।
गत भदौं २४ गते सप्तरीको महादेवा गाउँपालिका ४ बलिया टोलमा सकुर मियाँको घरमा गाई काटिएको थियो । गौं हत्या गरेको आरोपमा सोही दिन घरधनी मियाँ पक्राउ परेका थिए ।
यद्दपी सो कार्यमा संलग्न ४/५ जना अझै फरार छन् । पक्राउ परेकामाथी कडा कारवाही तथा फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गर्न दबाबका लागि प्रदर्शनमा उत्रिएको सनातन संस्कृत नेपाल सप्तरीका महासचिव परमानन्द ठाकुरले बताए ।
उनीहरुले सप्तरी जिल्ला अदालत अगाडी पुगेर समेत नाराबाजी गरेका छन् । गौं हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सकुर मियाँ उपर मंगलबारै अदालतमा सुनुवाई चलिरहेकै बेला बाहिर उनीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् ।
विश्व हिन्दु परिषद्का नगर प्रमुख प्रमोद चौधरीले घटनाको यती दिन बितिसक्दा पनि गौं हत्यामा संलग्न अन्य आरोपीहरु अझै पक्राउ नपरेको तथा पक्राउ परेका एक जना उपर पनि कडा कारवाही हुने सम्भावना कमै देखिएकाले दबाब स्वरुप साधुसन्तसहित सडकमा उत्रेको बताए । उनले गौं हत्यामा संलग्न माथी कडा कारवाहीका लागि चरणबद्ध रुपमा आन्दोलन जारि रहने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ