News Category 2079/06/26
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा दशैंको दश दिनमा १५ लाख भन्दा बढी आम्दानी भएको छ ।
मंगलबार छिन्नमस्ता मन्दिर समितिले नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि दशैं अवधीमा भएको आयव्यय सार्वजनिक गर्दै १५ लाख २५ हजार ७ सय ८५ रुँपैया आम्दानी भएको जानकारी दिएको हो ।
छिन्नमस्ता भगवती मन्दिर विकास समितिका पिठाधीश समेत रहेका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरले आयव्यय सार्वजनिक गर्दै सबैभन्दा बढी शिघ्र दर्शन शुल्कबाट ७ लाख ५९ हजार ६ सय ८० रुँपैया आम्दानी भएको बताए ।
यस अवधीमा विभिन्न भक्तजनले एक तोला एक आना सुन र ४३ तोला चाँदीका गरगहना समेत चढाएको पीठाधिश ठाकुरले जानकारी दिए । उनले छिन्नमस्ता भगवतीका लागि काठमाडौं निवासी सुशिल दाहालले सवा दुई किलो चाँदीको नयाँ मुकुट उपलब्ध गराएपछि दशैंमा पुरानो मुकुट परिवर्तन गरिएको जानकारी दिए ।
विगत ४० वर्षदेखी भगवतीलाई एउटै मुकुट लगाइएकोमा मुकुट पुरानो र ठाउँ टुटफुट भएकोले यस पल्ट उक्त मुकुट परिवर्तन गरि नयाँ मुकुट पहराइएको बताउँदै पुरानो मुुुकुट भने सुरक्षित राखिएको उनको भनाई छ । उनले भगवतीका लागि सुनको नयाँ मुकुट बनाउने योजना रहेको सुनाउँदै यस कार्यमा सबैको सहयोगको अपेक्षा राखिएको समेत बताए ।
उनले दशैंको बेला १० दिनको अवधीमा ४ हजार ५ सय ४ पशुबली प्रदान भई बलि शुल्कबाट ४ लाख ६८ हजार ९ सय ३६ रुँपैया आम्दानी भएको जानकारी दिए । यस्तै गाडी पूजनबाट ५१ हजार १ सय २८, मुन्डनबाट १३ हजार ६ सय, पार्किङ शुल्कबाट ३७ हजार ९९, दाताहरुबाट नगद सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसलबाट ८१ हजार ९ सय ५०, विवाह शुल्कबाट ६ हजार ४ सय, दान पेटिकाबाट ७२ हजार ८ सय ९६ र पिकनिकका लागि आएका धार्मिक पर्यटकबाट १ हजार ९ सय २० रुँपैया आम्दानी भएको पत्रकार सम्मेलनमा जानकारी गराए ।
यस्तै यस अवधीमा मन्दिरको रंगरोगन, सजावट, सरसफाई, मर्मत सम्भार, अतिथि सत्कार, स्यमसेवक खर्च, कर्मचारीको दशैं खर्च लगायतका शिर्षकमा ११ लाख ८८ हजार रुँपैया खर्च भई ३ लाख ३७ हजार ७ सय ८५ रुँपैया बचत भएको र सो रकम बैंकमा रहेको मन्दिर समितिको खातामा जम्मा गरिसकिएको मन्दिर समितिका सदस्य राजकुमार ठाकुरले जानकारी दिए ।
दशैंको अवसरमा विभिन्न शक्तिपीठहरुमा श्रद्धालु भक्तजनले दान, दक्षिणा, सुन चाँदीका गरगहना र नगद चढाउने गरे पनि यसको हिसाब किताब दुरुस्त राख्ने र हरेक वर्ष सार्वजनिक गर्नेमा केही मात्र मन्दिर समिति पर्ने गरेका छन् । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर समितिले भने दशैं सकिएपछि प्रत्येक वर्ष दशैंका बेला श्रद्धालु भक्तजनबाट प्राप्त हुने आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ