News Category 2079/06/26
गौं हत्याका आरोपी सकुर धरौटी रकम बुझाउन नसक्दा कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
सप्तरीमा गांै हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका जिल्लाका महादेवा गाउँपालिका ४ निवासी मो. सकुर मियाँ धरौटी रकम बुझाउन नसक्दा मंगलबार कारागार चलान भएका छन् ।
पशुपंक्षि सम्बन्धी कसुर मुद्दामा सुनुवाई पश्चात् तोकिएको धरौटी रकम ३ लाख बुझाउन नसक्दा उनी कारागार चलान भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त मुद्दा उपर सुनुवाई गर्दै न्यायाधिश रमेश प्रसाद ज्ञवालीको एकल इजलाशले ३ लाख धरौटी बुझाउन आदेश गरेका थिए । तर, सकुर धरौटी बुझाउन नसक्दा राजविराज कागार चलान भएको तथा उक्त मुद्दाका पाँच जना आरोपी अझै फरार छन् ।
गत भदौं २४ गते सकुरको घरमा गाई काटिएको थियो । गौ हत्या गरेको आरोपमा सोही दिन सकुर पक्राउ परे पनि अन्य पाँच जना आरोपी फरार भएका थिए । आवश्यक अनुसन्धान पश्चात् प्रहरीले ५५ वर्षिय सकुर माथी पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
पक्राउ परेका सकुर माथी कडा कारवाही तथा फरार रहेका आरोपीहरुलाई पनि अविलम्ब पक्राउ गर्नु पर्ने माग गर्दै सदरमुकाम राजविराजमा दिनहुँ जसो विश्व हिन्दु परिषद् नेपाल, हनुमान आराधना मण्डल, सनातन संस्कृत नेपाल, श्रीराम हनुमान आराधना मण्डल नेपाल सप्तरी लगायतका हिन्दुवादी संघ संगठनले प्रदर्शन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ