News Category 2079/06/26
गौं हत्याका आरोपी सकुर धरौटी रकम बुझाउन नसक्दा कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
सप्तरीमा गांै हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका जिल्लाका महादेवा गाउँपालिका ४ निवासी मो. सकुर मियाँ धरौटी रकम बुझाउन नसक्दा मंगलबार कारागार चलान भएका छन् ।
पशुपंक्षि सम्बन्धी कसुर मुद्दामा सुनुवाई पश्चात् तोकिएको धरौटी रकम ३ लाख बुझाउन नसक्दा उनी कारागार चलान भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार उक्त मुद्दा उपर सुनुवाई गर्दै न्यायाधिश रमेश प्रसाद ज्ञवालीको एकल इजलाशले ३ लाख धरौटी बुझाउन आदेश गरेका थिए । तर, सकुर धरौटी बुझाउन नसक्दा राजविराज कागार चलान भएको तथा उक्त मुद्दाका पाँच जना आरोपी अझै फरार छन् ।
गत भदौं २४ गते सकुरको घरमा गाई काटिएको थियो । गौ हत्या गरेको आरोपमा सोही दिन सकुर पक्राउ परे पनि अन्य पाँच जना आरोपी फरार भएका थिए । आवश्यक अनुसन्धान पश्चात् प्रहरीले ५५ वर्षिय सकुर माथी पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
पक्राउ परेका सकुर माथी कडा कारवाही तथा फरार रहेका आरोपीहरुलाई पनि अविलम्ब पक्राउ गर्नु पर्ने माग गर्दै सदरमुकाम राजविराजमा दिनहुँ जसो विश्व हिन्दु परिषद् नेपाल, हनुमान आराधना मण्डल, सनातन संस्कृत नेपाल, श्रीराम हनुमान आराधना मण्डल नेपाल सप्तरी लगायतका हिन्दुवादी संघ संगठनले प्रदर्शन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ