News Category 2079/06/26
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
सप्तरीको छिन्नमस्तामा कार्यरत एक सशस्त्र प्रहरीका असईको मृत्यु प्रकरणमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खड्का हेडक्वाटर तानिएका छन् ।
असोज २० गते बिहीबारका दिन छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा दिउँसो २ बजे शव फेला परेको थियो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको नग्न अवस्थामा शव फेला परेको थियो ।
असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए ।
यता घटना बारे अनुसन्धानका क्रममा बुधबार सशस्त्र प्रहरी उपरिक्षक खड्का हेडक्वाटर तानिएका हुन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले पोष्टमार्टमको रिपोर्ट अझै आइनसकेकोले असईको मृत्यु घटना बारे स्पष्ट भन्न सक्ने आधार नरहेको बताए । यद्दपी अनुसन्धान जारि रहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ