News Category 2079/06/27
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
सप्तरीमा अहिले प्रतिनिधिसभा क्षेत्र नं. २ सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । यहाँबाट प्रतिनिधीसभा सदस्य पदमा दुई राष्ट्रिय अध्यक्ष र एक केन्द्रिय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको हो ।
यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।
यीनै उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । सत्ता गठन्धनबाट लोसपाका ठाकुर उम्मेदवार छन । विपक्षी गठबन्धन घटक एमाले–जसपाबाट जसपाका राष्ट्रिय अध्यक्ष यादव उम्मेदवार छन । यादव यसै क्षेत्रका निर्वतमान प्रत्यक्ष तर्फ निर्वाचित प्रतिनिधीसभा सदस्य हुन् । जनमत पार्टीबाट राष्ट्रिय अध्यक्ष डा.सिके राउत पहिलो पल्ट चुनावी मैदानमा छन् । जनमत पार्टी यहाँ कुनै दल संग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छन् ।
२०७४ को निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली काँग्रेस समेतको सर्मथनमा उम्मेदवार रहेका यादव २१ हजार ६ सय २० मत प्राप्त गरी विजयी भएका थिए । त्यति बेला निकटतम प्रतिद्वन्दी रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेका थिए । तेश्रो स्थानमा भने स्वतन्त्र उम्मेदवारी दिएका जय प्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत प्राप्त गरेका थिए ।
तर यस पटक परिस्थिती र गठबन्धन दुबै फेरिएको छ । यस पटक त रोचक के छ भने २०७४ सालको निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका उमेश यादव अहिले फरक गठबन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी अहिले सत्ताधारी दलको गठबन्धनबाट प्रदेशसभा सदस्यमा २ को ख बाट चुनावी मैदानमा छन् ।
यस्तै अर्काे पुराना प्रतिस्पर्र्धी जय प्रकाश ठाकुर सत्ताधारी दलकै गठबन्धनका साझा उम्मेदवार बनी जसपा अध्यक्ष यादव संग प्रतिस्पर्धामा उत्रेका छन् । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिई पराजित भएका ठाकुरले लोसपामा प्रवेश गरेपछी लोसपाको कोटाबाट सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार बनेका हुन् ।
उतिबेला फोरम र राजपाको गठबन्धन हुदा अध्यक्ष यादवलाई काँग्रेसको पनि साथ थियो । तर अहिले तत्कालिन राजपा र वर्तमानको लोसपाका उम्मेदवार ठाकुरले काँग्रेसको मात्र होइन, माओवादी केन्द्र र एकिकृत समाजवादीको पनि साथ पाएको छ ।
जसपाले कट्टर विरोधी मान्दै आएको एमाले संग अहिले गठबन्धन गरेको छ भने लोसपा सत्ता गठबन्धन संग छ । यति बेला यस क्षेत्रमा काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको साथ पाएकाले आफु झन बलियो भएको सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका ठाकुरको दाबी छ ।
राजविराज नगरपालिका सहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीयतहको निर्वाचनमा २ गाउँपालिकामा लोसपा र १ गाउँपालिकामा काँग्रेसले जित हात पारेको छ । राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको छ । गत स्थानीयतहको निवाचनमा जसपाले १५ हजार ३ सय ७५ र एमालेले ३ हजार ६ सय ९३ मत प्राप्त गरेको थियो । यस्तै काँग्रेसले १३ हजार ३ सय १५, लोसपाले १३ हजार ५ सय ४८, माओवादी केन्द्रले ७ हजार ७ सय ७६ र एकिकृत समाजावादीले ३ हजार २ सय ७१ मत ल्याएको थियो ।
यसरी हालै समपन्न स्थानीयतहको मत जोडदा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार ८ सय ९२ पुग्छ । यस आधारमा पनि आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षिय गठबन्धनका साझा उम्मेदवारबाट ठाकुरको दाबी छ ।
यता स्वतन्त्र मधेशको मुदा थाँती राखी शान्तिपुर्ण राजनितीमा आएर किसानको मुद्धा चर्काउदै विशेष चर्चामा आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षि गठबन्धन दुबैको धैरै मत तान्ने कतिपयको बुझाई छ । आफ्नो ब्यक्तित्व, लाखौं वेरोजगार युवालाई स्वदेश मै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार लगायत विषयमा गरेको प्रतिबद्धताले जनता यस पल्ट आफुलाई अवसर प्रदान गर्नेमा विस्वशत रहेका डा.राउतको भनाई छ ।
जनताले डेटएक्सपायर भएका पुराना नेतालाई होइन, “मेरो निस्र्वाथ भावनालाई हेरेर मलाई सहयोग गर्नेमा विश्वस्त छु उनले भने ।”
जसपा अध्यक्ष उपेन्द्र यादले भने २०७४ को निर्वाचन जितेपछि आफुले यस क्षेत्रको विकासका लागी निस्वार्थ भइ धेरै काम गरेकाले जनताले यस पल्ट पनि आफुलाइ नै जिताउने बताउदै आएका छन् । यो जिल्ला र क्षेत्रमा कृषि विश्वविद्यालय, जिर्ण अवस्थामा रहेको गजेन्द्र नााराण सिह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजा प्रसाद सिंह स्वाथ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक संजालको निर्माण र विस्तार लगायतका थुप्रै संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले अवश्य आफ्नो कामको मुल्याँकन गरेर अर्काे पाँच वर्ष यो क्षेत्रलाई थप सेवा प्रदान गर्न मौका दिने उनको भनाई छ ।
यादव र डा.राउत दुबैको घर यसै क्षेत्र अन्र्तगतको महदेवा गाउँपालिकामा पर्छ । सत्ता गठबन्धनको उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ । एमालेले मेचि महाकाली अभियानको क्रममा २०७३ फागुन २३ गते अध्यक्ष केपी ओलीको उपस्थितीमा भईरहेको आमसभा विथोल्न पुगेका मधेशवादी दलका कार्यकर्तामाथी प्रहरीले गोली चलाउदा ५ जनाको ज्यान गएको थियो ।
त्यही ओली नेतृत्वको एमालेसंग जसपाले गठबन्धन गरेको भन्दै विपक्षीले त्यसलाई पनि ठुलो अस्त्रको रुपमा प्रयोग गरिरहेका छन् । यस्तो अस्त्रलाई रोक्न जसपाका नेता तथा कार्यकर्ताले एमाले संग गठबन्धन नभई केही सिटमा “तालमेल” मात्र गरेको र विगतको मुदा कायमै रहेको तर्क दिदै विपक्षीको अस्त्रलाइ कमजारे पार्ने र मतदातालाई आश्वस्त पार्ने प्रयास गरीरहेका छन् । तर सत्ता गठबन्धन र विपक्षी गठबन्धन मध्ये कस्को अस्त्रले मतदातालाई प्रभाव पार्ने हो ? भन्ने कुरा मंसिर ४ पछि मात्र थाहा हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन ।
५१ हजार ३७ पुरुष, ४४ हजार ३ सय ५५ महिला तथा अन्य २ गरी कुल ९्र५ हजार ३ सय ९४ मतदाता रहेको यस क्षेत्रमा नेपाली जनता दलका चन्द्र कुमारी देव, राप्रपाका कैला मंसुरी मियाँ, राप्रपा नेपालका हजरत अली, नेमकिपाका देव नारायण यादव, हाम्रो नेपाल पार्टीका डम्बर नारायण साह, राष्ट्रिय स्वतन्त्र पार्टीका बरुण कुमार झा, पिछडा वर्ग निषाद दलित पार्टीका सुमित्रा मण्डल, नेपाल संघिय समाजवादी पार्टीका प्रमिला देवी मण्डल, नेपाली काँग्रेस (विपी) का प्राध्यापक डा.चिरिन्जीवी लाल देव सहित ४ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ