News Category 2079/06/30
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
सप्तरीको क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिष्पर्धाको सम्भावना रहेको छ । दुई नगरपालिका र तीन गाउँपालिका रहेको यस क्षेत्रमा जसपा–एमाले गठबन्धनका उम्मेदवार ताराकान्त चौधरी र सत्तारुढ गठबन्धनका उम्मेदवार दिनेशकुमार यादवबीच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिनेश कुमार यादव साझा उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका चन्द्रकान्त चौधरी निर्वाचित भएका थिए । चौधरी भने यस पल्ट चुनावी मैदानमा छैनन् ।
यता विपक्षी गठबन्धन जसपा–एमालेबाट एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् । उनी यस क्षेत्रबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । यस क्षेत्रबाट जनमत पार्टीले पूर्वमन्त्रि समेत रहेका नेता अनिस अंसारीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार दिनेश कुमार यादव रहदा पनि गठबन्धन भित्रकै सहयात्री दल लोसपाका लक्ष्मीकान्त मण्डलले पनि उम्मेदवारी दिदाँ यादवलाई केही चुनौती थपिएको आकलन गरिएको छ । यद्धपी गठबन्धनको सहमती विपरित मंडलले उम्मेदवारी दिएका कारण लोसपा अध्यक्ष महन्थ ठाकुरले एक प्रेस विज्ञप्ती नै जारी गरी उनी लोसपाका आधिकारीक उम्मेदवार नरहेको र आफुहरुको गठबन्धनका उम्मेदवारप्रति पूर्णसर्मथन रहेको स्पस्ट पारिसकेका छन् ।
यसै क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगाराम ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद कुमार साह, राप्रपा नेपालका शिवेश्वर यादव, नेमकिपाका मकवुल मियाँ, नेपाली जनता दलका राम बाबु रजक, नेपाल संघिय समाजवादी पार्टीका सिताराम खंग, नेकपाका अचमित लाल चौधरी र हाम्रो नेपाल पार्टीका नविन कुमार मण्डल पनि चुनावी मैदानमा छन । यस्तै स्वतन्त्रबाट सीताराम मण्डल, रामचन्द्र साह, सुरेन्द्र यादव, महेन्द्र साह, दिपेन्द्र कुमार साह र श्रीकान्त राउत समेत गरी १८ जना चुनावी प्रतिस्पर्धामा भिड्दै छन ।
तर, मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका उम्मेदवार दिनेश कुमार यादव र विपक्षी जसपा–एमाले गठबन्धनका ताराकान्त चौधरीबीच नै हुने स्थानीय मतदाताहरुले अनुमान गरेका छन् ।
अघिल्लो निर्वाचनमा जित हासिल पारेका लोसपाका चन्द्रकान्त चौधरीको निकटत्तम प्रतिद्वन्दी रहेका काँग्रेसका यादव यस पल्ट लोसपा सहितको गठबन्धनका साझा उम्मेदवार रहेकाले यस पल्ट जित निकाल्ने एकथरीले अनुमान ब्यक्त गरिरहेका छन भने अर्को थरिले जसपा–एमाले गठबन्धनका उम्मेदवार चौधरी पनि बलियो उम्मेदवार रहेको बताउँदै आएका छन् ।
यस क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र राजगढ गाउँपालिका गरी ५ पालिका पर्दछ । हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेले २, तथा जसपा, लोसपा र एकिकृत समाजावादी पार्टीले १÷१ प्रमुख पदमा जित हात पारेको छ ।
यस क्षेत्रमा ५४ हजार ८ सय ३६ पुरुष, ५० हजार ५० महिला र अन्य ६ हजार गरि कुल १ लाख ४ हजार ८ सय ९२ मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ