News Category 2079/06/31
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
६७ औं प्रहरी दिवसको अवसरमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा सोमबार दुई मन्दिरमा सरसफाइ गरिएको छ ।
राजविराज वडा नं. २ स्थित राजदेवी मन्दिर र वडा नं. ७ स्थित भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले, मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजका प्रहरी नायव उपरीक्षक नारायण चिमरिया तथा सामुदायिक प्रहरी सेवाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यस्तै प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय हाताभित्र बृक्षारोपन गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दासको सहकार्यमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेको नेतृत्वमा बृक्षारोपन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी कार्यालयको प्राङ्गणमा आँप, कटहर, लिचि, सुन्तला, कागति, अमला, बर, पिपल लगायत विभिन्न जातजातिका ४ सय ६७ वटा बिरुवा रोपण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ