News Category 2079/06/31
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन

दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
६७ औं प्रहरी दिवसको अवसरमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा सोमबार दुई मन्दिरमा सरसफाइ गरिएको छ ।
राजविराज वडा नं. २ स्थित राजदेवी मन्दिर र वडा नं. ७ स्थित भगवती मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले, मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजका प्रहरी नायव उपरीक्षक नारायण चिमरिया तथा सामुदायिक प्रहरी सेवाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यस्तै प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय हाताभित्र बृक्षारोपन गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दासको सहकार्यमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेको नेतृत्वमा बृक्षारोपन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी कार्यालयको प्राङ्गणमा आँप, कटहर, लिचि, सुन्तला, कागति, अमला, बर, पिपल लगायत विभिन्न जातजातिका ४ सय ६७ वटा बिरुवा रोपण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ