News Category 2079/06/31
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन

दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
सप्तरीको क्षेत्र नं. ४ मा पनि क्षेत्र नं. ३ जस्तै द्विपक्षीय राजनीतिक भिडन्त हुने आंकलन गरिएको छ ।
तीन नगरपालिका र एक गाउँपालिका रहेको यस क्षेत्रमा मुख्य दलका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बोदेवरसाईन नगरपालिका र बलान विहुल गाउँपालिका गरी चार पालिका पर्दछ ।
हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसले सुरुङ्गा नगरपालिका, जसपाले बोदे बरसाइन नगरपालिका, नेकपा माओवादी केन्द्रले खडक नगरपालिका र जनमत पार्टीले बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जित हात पारेको छ ।
यहाँबाट २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका तेजुलाल चौधरी प्रतिनीधीसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी यस पल्ट पनि सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रुपमा दोह¥याउदै चुनावी मैदानमा उत्रेका छन् ।
यस्तै विपक्षी गठबन्धन जसपा–एमालेबाट यहाँ जसपाका बालकिशोर यादव चुनावी मैदानमा छन् । कानुन व्यवसायीको रुपमा परिचित यादव पहिलो पल्ट प्रतिनिधीसभा सदस्यका उम्मेदवार बनेका हुन् ।
यस क्षेत्रबाट जनमत पार्टीका सुकदेव साह पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । उनी सेवा निवृत्त शिक्षक हुन । यहाँबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका मकुन चौधरी, राप्रपा नेपालका कपिलदेव यादव, नागरिक उन्मुक्ति पार्टीका देमन मियाँ, बहुजन शक्ति पार्टीका विश्वेन्दर पासमान, नेपाल आमा पार्टीका देवानन्द चौधरी, नेपाल सद्भावना पार्टीका संजोग चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका मो. इरफान आलम पनि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
यस्तै स्वतन्त्रबाट माधुरी कुमारी साह, जियाउल रहमान, शंकरलाल चौधरी, छेदीलाल पासमान, काशिम मियाँ, सुरेश कुमार चौधरी थारु पनि चुनावी मैदानमा उत्रेका छन् ।
यद्दपी सत्ता गठबन्धनका उम्मेदवार चौधरी र विपक्षी जसपा–एमाले गठबन्धनका यादवबीच नै मुख्य प्रतिष्पर्धा हुने स्थानीय मतदाताहरुले अनुमान ब्यक्त गर्दै आएका छन् ।
यस क्षेत्रमा १ सय ३३ मतदान केन्द्र तोकिएको छ भने ५३ हजार १ सय ८० पुरुष, ५१ हजार ७ सय ८ महिला र अन्य ५ गरी कुल १ लाख ४ हजार ८ सय ९३ मतदाता छन् । चुनावी मैदानमा रहेका सबै उम्मेदवारले विकास निर्माण, स्वास्थ्य, शिक्षा र बाढी नियन्त्रण लगायतका मुदालाई चुनावी एजेन्डा बनाएर मतदातालाई आ–आफनो पक्षमा पार्न घरदैलो अभियान तिब्र बनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ