News Category 2079/07/01
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २ सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
दैनिक समाचारदाता
राजविराज, १ कातिक ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी सप्तरीमा २ सय ९५ मतदान स्थल तोकिएको छ भने ५ सय ३६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र अनुसन्धान विभागका अधिकारी सहितको बैठकले जिल्लाको सुरक्षा विश्लेशनपछि मतदान स्थललाई तीन तहमा विभाजन गरिएको छ ।
नेपाली सेना सहितको जिल्ला सुरक्षा समन्वय समितीले विभिन्न सुचना, स्थलगत सुरक्षा अध्ययन र विश्लेषण पछि २ सय ८ मतदान स्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ लाई समान्य ठहर गर्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउन तयारी गरिएको छ ।
सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार अतिसंवेदनशील मानिएका अधिकांश मतदान स्थल भारतीय सीमा नजिक पर्ने पालिकाहरु छन् । उनले सबै मतदान स्थलमा आवश्यक सुरक्षा प्रबन्ध मतदाताले सोचे भन्दा अब्बल रहने गरी सुरक्षा रणनीती तैयार पारिएको जानकारी दिए ।
उनले स्थानीय प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारी सम्मिलीत टोलीले सबै मतदान स्थलको भ्रमण र सुरक्षा चुनौती विश्लेषन पछी सोही अनुसारको वर्गीकरण र सुरक्षा योजना तयार पारेको भन्दै मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणका लागी कुनै कसर बाँकि न राखिने दाबी समेत गरे ।
निर्वाचन सुरक्षाका लागी ३ हजार २ सय ७८ म्यादी प्रहरी र १ हजार ६ सय २० नेपाल प्रहरी परिचालन हुने उनले जानकारी दिए । यस बाहेक सेना र सशस्त्र प्रहरी समेत निर्धारण गरिएको घेरा भित्र रहेर सुरक्षा प्रबन्धमा योगदान दिने उनको भनाई छ ।
सुरक्षामा कुनै कमजोरी नहुने दाबी गरेका उनले जिल्लाको विकट मानिएका क्षेत्र सहित नगरका चोक चोकमा हुन सक्ने आपराधिक गतिीवधी नियन्त्रणका लागी समेत सुरक्षाकर्मी परिचालन हुने बताए ।
जिल्लामा ४ प्रतिनीधी सभा र ८ प्रदेश सभा सदस्य पदका लागी हुने निर्वाचनमा प्रतिनीधी सभा तर्फ ६९ र प्रदेश सभा तर्फ १ सय ७ गरी १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ छन् । जस मध्ये क्षेत्र नं. १ मा सबैभन्दा बढी १ लाख १३ हजार १ सय ९५ छन् । सबै भन्दा कम क्षेत्र नं. २ मा ९५ हजार ३ सय ९४ मतदाता छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ