News Category 2079/07/02
सुरुङ्गा वडा नं. ५ र १० वालबिवाह मुक्त वडा घोषणा

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ र १० लाई एक समारोहबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
सेभ द चिल्ड्रेनको साझेदारी एवं सुरुङ्गा नगरपालिकासँगको समन्वयमा सबल नेपालद्वारा संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।
उक्त अवसरमा सुरुङ्गा नगरपालिका नगर प्रमुख गिता चौधरीले एक समारोहवीच बालविवाह मुक्त वडा घोषणा गरिन् । उक्त अवसरमा नगर प्रमुख गिता चौधरीले सूरूङ्गा नगरपालिकालाई चाडै वालविवाह मुक्त घोषणा गरी जिल्ला कै नमुना नगरपालिका बनाउने लक्ष्य रहेको बताईन ।
बालविवाह न्युनिकरण अभियान संचालन निर्देशिका अनुसार वडा ५ र १० मा बार्षिक रूपमा जम्मा बिवाहको अबस्था र वालविवाहको तथ्यांक संकलन गरी सुचक पूरा गरेपछि घोषणा गरिएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए ।
गत १ बर्षमा वडा नम्वर ५ कुसहा, बैनगमा, पश्चिम कुशहा टोलमा ७ सय ६१ घरधुरी मध्ये ४२ वटा बिवाह भएको जसमा ८ वटा वालविवाह भएकोले सुचक अनुसार बालविवाह मुक्त घोषणा गरिएको हो ।
त्यस्तै वडा १० को पटेर्वा, थल्हा र सिस्वा टोलको ४ सय ९३ घरधुरीमा सर्वेक्षण गर्दा एक बर्षमा ३१ वटा बिवाह भएका थिए जसमा ६ वटा वालविवाह मात्र भएको वालविवाहको सुचक अनुसार वडालाई वालविवाह मुक्त वडा घोषणा गरेका थिए ।
घोषणा कार्यक्रममा उपमेयर रुद्र बहादुर कार्की लगायत बिभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरू र सवल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ