News Category 2079/07/02
सुरुङ्गा वडा नं. ५ र १० वालबिवाह मुक्त वडा घोषणा
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ र १० लाई एक समारोहबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
सेभ द चिल्ड्रेनको साझेदारी एवं सुरुङ्गा नगरपालिकासँगको समन्वयमा सबल नेपालद्वारा संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।
उक्त अवसरमा सुरुङ्गा नगरपालिका नगर प्रमुख गिता चौधरीले एक समारोहवीच बालविवाह मुक्त वडा घोषणा गरिन् । उक्त अवसरमा नगर प्रमुख गिता चौधरीले सूरूङ्गा नगरपालिकालाई चाडै वालविवाह मुक्त घोषणा गरी जिल्ला कै नमुना नगरपालिका बनाउने लक्ष्य रहेको बताईन ।
बालविवाह न्युनिकरण अभियान संचालन निर्देशिका अनुसार वडा ५ र १० मा बार्षिक रूपमा जम्मा बिवाहको अबस्था र वालविवाहको तथ्यांक संकलन गरी सुचक पूरा गरेपछि घोषणा गरिएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए ।
गत १ बर्षमा वडा नम्वर ५ कुसहा, बैनगमा, पश्चिम कुशहा टोलमा ७ सय ६१ घरधुरी मध्ये ४२ वटा बिवाह भएको जसमा ८ वटा वालविवाह भएकोले सुचक अनुसार बालविवाह मुक्त घोषणा गरिएको हो ।
त्यस्तै वडा १० को पटेर्वा, थल्हा र सिस्वा टोलको ४ सय ९३ घरधुरीमा सर्वेक्षण गर्दा एक बर्षमा ३१ वटा बिवाह भएका थिए जसमा ६ वटा वालविवाह मात्र भएको वालविवाहको सुचक अनुसार वडालाई वालविवाह मुक्त वडा घोषणा गरेका थिए ।
घोषणा कार्यक्रममा उपमेयर रुद्र बहादुर कार्की लगायत बिभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरू र सवल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ