News Category 2079/07/02
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
कृषि ज्ञान केन्द्र सप्तरीले विषादीको असुरक्षितको कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन कारोबारीलाई अनुमति पत्र प्रदानका लागि आवश्यक तालिमसहित पूर्वपरिक्षाको आयोजना गरेको छ ।
विषादी कारोबारलाई व्यवस्थित बनाउन बिक्रेता अनुपति पत्रका लागि परिक्षा बिधिको प्रयोग गरिएको सो कार्यालयले जनाएको छ ।
बुधबार केन्द्रको राजविराजस्थित कार्यालयमा लिएको पूर्वपरिक्षामा २३ महिलासहित १ सय ६७ जना सहभागि भए । असुरक्षित तरिकाबाट भइरहेको विषादीको कारोबारलाई लक्षित गरि आयोजना गरिएको पूर्वपरिक्षाको रिजल्ट दुई दिनभित्रै सार्वजनिक गरिने कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
असुरक्षित तरिकाबाट विषादी कारोबार भइरहदा समाजमा विभिन्न खाले अपराधीक घटना समेत हुन थालेपछि विषादीको कारोबारी र यस कारोबारमा आउन चाहने इच्छुक व्यक्तिलाई तालिममा सहभागि गराई परिक्षा लिइएको उनको भनाई छ ।
पहिलो चरणमा ३५ जनाको मात्र छनौट गर्नु पर्ने भएपनि आवेदकको संख्या चौब्बरभन्दा पनि बढी देखिएपछि परिक्षा प्रणाली अपनाइएको उनले बताए ।
जिल्ला भरबाट आएका विषादी बिक्रेता तथा इच्छुक बिक्रेताहरुलाई ५० मिनेटको समय दिई कृषि विषादी सम्बन्धी ५८ वटा बस्तुगत प्रश्नहरु समावेश गरि परिक्षा लिइएको प्रमुख यादवले जानकारी दिए ।
पूर्वपरिक्षामा उत्तिर्ण भएकाहरुलाई प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरबाट आउने कृषि विज्ञहरुको टोलीद्वारा तालिम र अन्तिम परिक्षा लिइने कार्यतालिका रहेको छ । सो परिक्षामा उत्तिर्ण हुनेहरुलाई विषादी बिक्रि बितरणको अुनमतिपत्र प्रदान गरिने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
कृषि ज्ञान केन्द्रले यसअघि बिऊ बिजन व्यवसायलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र फलदायी बनाउन गत भदौं २९ गते बिक्रेता अनुमतिपत्रका लागि पनि परिक्षा बिधीकै प्रयोग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ