News Category 2079/07/02
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
कृषि ज्ञान केन्द्र सप्तरीले विषादीको असुरक्षितको कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन कारोबारीलाई अनुमति पत्र प्रदानका लागि आवश्यक तालिमसहित पूर्वपरिक्षाको आयोजना गरेको छ ।
विषादी कारोबारलाई व्यवस्थित बनाउन बिक्रेता अनुपति पत्रका लागि परिक्षा बिधिको प्रयोग गरिएको सो कार्यालयले जनाएको छ ।
बुधबार केन्द्रको राजविराजस्थित कार्यालयमा लिएको पूर्वपरिक्षामा २३ महिलासहित १ सय ६७ जना सहभागि भए । असुरक्षित तरिकाबाट भइरहेको विषादीको कारोबारलाई लक्षित गरि आयोजना गरिएको पूर्वपरिक्षाको रिजल्ट दुई दिनभित्रै सार्वजनिक गरिने कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
असुरक्षित तरिकाबाट विषादी कारोबार भइरहदा समाजमा विभिन्न खाले अपराधीक घटना समेत हुन थालेपछि विषादीको कारोबारी र यस कारोबारमा आउन चाहने इच्छुक व्यक्तिलाई तालिममा सहभागि गराई परिक्षा लिइएको उनको भनाई छ ।
पहिलो चरणमा ३५ जनाको मात्र छनौट गर्नु पर्ने भएपनि आवेदकको संख्या चौब्बरभन्दा पनि बढी देखिएपछि परिक्षा प्रणाली अपनाइएको उनले बताए ।
जिल्ला भरबाट आएका विषादी बिक्रेता तथा इच्छुक बिक्रेताहरुलाई ५० मिनेटको समय दिई कृषि विषादी सम्बन्धी ५८ वटा बस्तुगत प्रश्नहरु समावेश गरि परिक्षा लिइएको प्रमुख यादवले जानकारी दिए ।
पूर्वपरिक्षामा उत्तिर्ण भएकाहरुलाई प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरबाट आउने कृषि विज्ञहरुको टोलीद्वारा तालिम र अन्तिम परिक्षा लिइने कार्यतालिका रहेको छ । सो परिक्षामा उत्तिर्ण हुनेहरुलाई विषादी बिक्रि बितरणको अुनमतिपत्र प्रदान गरिने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
कृषि ज्ञान केन्द्रले यसअघि बिऊ बिजन व्यवसायलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र फलदायी बनाउन गत भदौं २९ गते बिक्रेता अनुमतिपत्रका लागि पनि परिक्षा बिधीकै प्रयोग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ