News Category 2079/07/04
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३ कातिक ।
बालमैत्री समाजको आधार, जिम्मेदार परिवार उत्तरदायी सरकारको मुलनाराका साथ बिहीबार यहाँ सरोकारवाला बीच बाल सम्वाद कार्यक्रम(बाल कचहरी) सम्पन्न भएको छ ।
सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ५ कदमहाको कबडहलमा शिक्षा, स्वास्थ्य र बालसंरक्षण तथा बालअधिकार सम्बन्धि सम्वाद सम्पन्न भएको हो ।
सिडा कार्यक्रम अन्र्तग महिला बालबालिका तथा जेष्ठ नागरिक सुरुङगा नगरपालिका र सेभ द चिल्ड्रेन, सबल नेपालको साझैदारी तथा नगर बालकलब संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको सिडा कार्यक्रम परियोजनाका संयोजक निरबहादुर आले जानकारी दिए ।
सुरुङगा नगरपालिका अन्र्तगत तीन वटा समुदायिक बिद्यालयका प्रअ, तीन वटा वडा अध्यक्ष,तीन वटा स्वास्थ्य चौकीका प्रतिनिधि, स्वास्थ्य संयोजक, नगर शिक्षा अधिकृत, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, महिला बालबालिका तथा जेष्ठ नागरिकका शाखा प्रमुखलाई बाल क्लबका सदस्यहरुले बिभिन्न बिषयमा प्रशन सोधेका थिए ।
सुरुङगा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीको प्रमुख अतिथियमा सम्पन्न भएको बाल कचहरी कार्यक्रम सुरुङगा नगरपालिकाका बाल क्लबका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।
नगरवाल संजालका अध्यक्ष सुस्मिता राउतको अध्यक्षतामा सम्पन्न भएको बाल कचहरी सम्वाद कार्यक्रममा करिब १०९ जनाको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ