News Category 2079/07/04
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३ कातिक ।
बालमैत्री समाजको आधार, जिम्मेदार परिवार उत्तरदायी सरकारको मुलनाराका साथ बिहीबार यहाँ सरोकारवाला बीच बाल सम्वाद कार्यक्रम(बाल कचहरी) सम्पन्न भएको छ ।
सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ५ कदमहाको कबडहलमा शिक्षा, स्वास्थ्य र बालसंरक्षण तथा बालअधिकार सम्बन्धि सम्वाद सम्पन्न भएको हो ।
सिडा कार्यक्रम अन्र्तग महिला बालबालिका तथा जेष्ठ नागरिक सुरुङगा नगरपालिका र सेभ द चिल्ड्रेन, सबल नेपालको साझैदारी तथा नगर बालकलब संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको सिडा कार्यक्रम परियोजनाका संयोजक निरबहादुर आले जानकारी दिए ।
सुरुङगा नगरपालिका अन्र्तगत तीन वटा समुदायिक बिद्यालयका प्रअ, तीन वटा वडा अध्यक्ष,तीन वटा स्वास्थ्य चौकीका प्रतिनिधि, स्वास्थ्य संयोजक, नगर शिक्षा अधिकृत, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, महिला बालबालिका तथा जेष्ठ नागरिकका शाखा प्रमुखलाई बाल क्लबका सदस्यहरुले बिभिन्न बिषयमा प्रशन सोधेका थिए ।
सुरुङगा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीको प्रमुख अतिथियमा सम्पन्न भएको बाल कचहरी कार्यक्रम सुरुङगा नगरपालिकाका बाल क्लबका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।
नगरवाल संजालका अध्यक्ष सुस्मिता राउतको अध्यक्षतामा सम्पन्न भएको बाल कचहरी सम्वाद कार्यक्रममा करिब १०९ जनाको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ